शिवरात्रि मेलामा झगडा हुँदा एक जनाको मृत्यु
काठमडाौँ । हाशिवरात्रिको अवसरमा लगाइएको मेलामा झगडा हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा २० मौजामा स्थानीय युवाले मेला आयोजना गरेका थिए ।
उक्त मेलामा मदिरा सेवन गरी गाउँकै युवाबीच झगडा भएको थियो । झगडामा स्थानीय ३५ वर्षका चोकबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको आरोपमा आरोपमा कास्की प्रहरीले निशान गुरुङ, प्रकाश गुरुङसहित तीन जनालाई पक्राउ गरेको छ । पीडित परिवारको किटानकै आधारमा उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
‘घटना हुने वित्तिकै भागिरहेको अवस्थामा दुई जनालाई चक्कुसहित पक्राउ गरेका हौँ, अर्का एक जना आज समातिएका छन्,’ उनले भने, ‘अनुसन्धान जारी छ । बाँकी अनुसन्धानपछि खुल्छ ।’
गाउँकै दुई युवाबीच झगडा भइरहेको बेला चोकबहादुर बीचमा परेको प्रत्यक्षदर्शीको भनाई छ । ‘चोकबहादुर घटनामा थिएनन्, अरुको बीचमा उनी परेका हुन्,’ एक प्रत्यक्षदर्शीले भने ।
चक्कु लागेपछि घाइते भएका चोकबहादुरलाई उपचारका लागि गाउँलेले मणिपाल अस्पताल लगेका थिए । उनको बाटैमा मृत्यु भएको बताइएको छ ।














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया