शिवरात्रि मेलामा झगडा हुँदा एक जनाको मृत्यु
काठमडाौँ । हाशिवरात्रिको अवसरमा लगाइएको मेलामा झगडा हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा २० मौजामा स्थानीय युवाले मेला आयोजना गरेका थिए ।
उक्त मेलामा मदिरा सेवन गरी गाउँकै युवाबीच झगडा भएको थियो । झगडामा स्थानीय ३५ वर्षका चोकबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको आरोपमा आरोपमा कास्की प्रहरीले निशान गुरुङ, प्रकाश गुरुङसहित तीन जनालाई पक्राउ गरेको छ । पीडित परिवारको किटानकै आधारमा उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
‘घटना हुने वित्तिकै भागिरहेको अवस्थामा दुई जनालाई चक्कुसहित पक्राउ गरेका हौँ, अर्का एक जना आज समातिएका छन्,’ उनले भने, ‘अनुसन्धान जारी छ । बाँकी अनुसन्धानपछि खुल्छ ।’
गाउँकै दुई युवाबीच झगडा भइरहेको बेला चोकबहादुर बीचमा परेको प्रत्यक्षदर्शीको भनाई छ । ‘चोकबहादुर घटनामा थिएनन्, अरुको बीचमा उनी परेका हुन्,’ एक प्रत्यक्षदर्शीले भने ।
चक्कु लागेपछि घाइते भएका चोकबहादुरलाई उपचारका लागि गाउँलेले मणिपाल अस्पताल लगेका थिए । उनको बाटैमा मृत्यु भएको बताइएको छ ।
















गाजामा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु
मिथिलामा जानकी नवमीको उल्लास
सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया