चितवन कांग्रेसको मतदान सुरु, सभापतिमा पाँच जनाको प्रतिस्पर्धा

काठमाडौँ । नेपाली कांग्रेस चितवनको १४ औँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ कार्यस मितिका लागि आज शुक्रबार बिहानबाट मतदान सुरु भएको छ । नारायणगढको नारायणीकला मन्दिरमा भर्खरै मतदान सुरु भएको हो ।
सभापतिमा पाँच जना प्रतिस्पर्धामा छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका मिलनबाबु श्रेष्ठ र संस्थापनइतरका चार जनाले जिल्ला सभापतिमा उम्मेदवारी दिएका छन् ।
संस्थापनइतरमा उत्तम जोशी, राजेश्वर खनाल, डा. सूर्यकान्त घिमिरे र कैलाश कोइराला छन् । जोशी वर्तमान जिल्ला कार्य समितिका सचिव हुन् । सभापतिका लागि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् भने दोस्रो चरणको मतदान हुने छ ।
दुई जना उपसभापतिका लागि १५ जनाले उम्मेदवारी दिएका छन् । शालिक शर्मा पौडेल, सुरवीर पोखरेल, उद्धव लोहनी, महेश बानियाँ, हेमलाल भट्टराई, राजेन्द्र डोटेल, रघुनाथ भट्ट, भुवन खनाल, मोहितजंग पाण्डे, निलमणि पाठक, तेजप्रसाद अधिकारी, राजन गौतम, बुद्धिबहादुर गुरुङ, निर्मलकुमार श्रेष्ठ र राजीव न्यौपानेले उम्मेदवारी दिएका छन् ।
दुई सचिवका लागि आठ जना र दुई सहसचिवका लागि १० जनाले उम्मेदारी दिएका छन् । ४१ कार्य समिति सदस्यका लागि १२२ जनाले उम्मेदवारी दिएका छन् । महासमिति सदस्यतर्फ ३२ पदमा ३६ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन समितिका संयोजक अधिवक्ता ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
कार्य समिति सदस्यमा प्रत्यक्ष पालिकातर्फ महिला सदस्यमा माडीकी शुक्रमिया महतो र समानुपातिकतर्फ आदिवासी जनजाति महिला सदस्यमा मिना कुमारी गुरुङ, राममाया गुरुङ र राममाया पिया र थारु खुलातर्फ विश्राम महतो निर्विरोध निर्वाचित भएका उनले बताए ।















घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया