शनिबार, चैत २८, २०८२

वैशाख ९ देखि ११ सम्म चितवनमा आठौं नेपाल फर्मा एक्स्पो हुने

मेरोन्यूज २०७८ फागुन २० गते १७:०२

काठमाडौं । आठौं नेपाल फर्मा एक्स्पो २०२२ हुने भएको छ । नेपाल औषधि उत्पादक संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैशाख ९ देखि ११ सम्म चितवनको एक्स्पो सेन्टर भरतपुरमा ‘नेपाल फर्मा एक्स्पो २०२२’ हुने जानकारी दिएको हो।

Advertisement
nepal life insurencenepal life insurence

संघका अध्यक्ष प्रज्वल जंग पाण्डेले फागुनमा हुने भनिएको एक्सपो कोभिड १९ को संक्रमणको जोखिमका कारण मिति सारिएको बैशाख ९ गतेदेखि ११ गते गर्ने गरी मिति तोकिएको जानकारी दिए ।

उनले नेपालमा गुणस्तरीय र आवश्यक परिमाण उत्पादन हुन सक्छ भन्ने कुरालाई जनमानसमा लैजाने उद्देश्यले एक्सो आयोजना गर्न लागिएको बताए ।
संघका उपाध्यक्ष एवम् एक्स्पोका मिडिया कोर्डिनेटर सन्तोष बरालले यस पटकको एक्स्पो नेपालमा औषधि उत्पादन क्षेत्रले अगाल्दै आएको ज्ञान तथा प्रविधीको विस्तार गर्ने अभियानमा केन्द्रित हुने जानकारी दिए।

उनका अनुसार एक्स्पोमा १६० स्टल रहनेछन । औषधी क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न १२० वटा बहुराष्ट्रिय कम्पनी, र ४० वटा नेपाली औषधी उद्योगहरु समेत एक्स्पोमा भाग लिनेछन । एक्स्पोमा विभिन्न विषयमा टेक्निकल सेमिनार हुनेछन भने सञ्चारमाध्यमको सहजताको लागि मिडिया सेन्टरको व्यवस्था गरिनेछ ।

नेपालमा उत्पादन हुदै आएका औषधी र औषधी उत्पादनमा प्रयोग हुने प्रविधी, ल्याव, मेसिनहरु, कच्चापदार्थ, प्याकेजिङ मेटेरियल लगायतहरुमा भएका बिकासहरुको प्रदर्शनी प्रत्येक दुई बर्षमा नेपाल फर्मा एक्स्पो मार्फत गर्दै जानकारी दिदै आएको संघले जनाएको छ । उक्त एक्स्पोमा १५ हजारले अवलोकन गर्ने विश्वासको संघको छ ।
यसअघिको ७ औं एक्सपो पनि चितवनमा नै भएको थियो।

प्रतिक्रिया