खड्गी इन्स्टिच्यूटले सञ्चालन गरेको नि:शुल्क मृगौला पत्थरी शल्यक्रिया शिविर सम्पन्न
२७ जनाको निःशुल्क मृगौलाकाे पत्थरीको शल्यक्रिया

काठमाडौं । ललितपुरको कुपण्डोलमा रहेकाे खड्गी इन्स्टिच्यूट अफ इण्डोयुरोलोजीले विपन्न वर्गका लागि तीन दिने निःशुल्क मृगौला पत्थरीको शल्यक्रिया शिविर सम्पन्न गरेको छ ।
आरुस लाइफ स्टाइल, नेपाल र रेड क्रेस्सेन्ट अफ कुवेतसँगको सहकार्यमा खड्गी इन्स्टिच्यूट अफ इण्डोयुरोलोजीले फागुन १८ गतेदेखि २० गतेसम्म निःशुल्क मृगौलाकाे पत्थरीको शल्यक्रिया शिविर सञ्चालन गरेको थियो ।
उक्त शिविरमा २७ जना विपन्न विरामीले सेवा लिएका छन् । इन्स्टिच्यूटका प्रबन्ध निर्देशक एवं कन्सल्ट्यान्ट युरोलोजिष्ट डा. सञ्जय खड्गीले तीन दिन सञ्चालन भएको शिविरमा २७ जना मिर्गौला पत्थरीका बिरामीको मिनी पीसीएनएल प्रविधिबाट निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिए ।
‘हामीले यो शिविरमा ४० जनालाई सेवा दिने योजना थियो । तर २७ जना मात्र विपन्न विरामी आएका आउँनुभयो,’ उनलेभने,‘२२ जना पुरुष र ५ जना महिलाले सेवा लिनुभएको छ।’
डा. खड्गीले मिनी पीसीएनएल ठुलो चिरफारबिना नै शल्यक्रिया हुने यो सेवा दुखाइरहित हुनुका साथै यसमा बिरामीको अस्पतालको बसाइ पनि अत्यन्त न्युन हुने समेत जानकारी दिए ।
उक्त शिविरमा ६५ वर्ष उमेरसम्मका मृगौलाका पथरीका बिरामीले सेवा लिएका थिए भने ४० एमएमसम्मको पथरीको मिनी पीसीएनएल प्रविधिबाट निःशुल्क शल्यक्रिया गरिएको थियो ।
गत वर्ष धनगढीमा सञ्चालन गरेको निशुल्क निशुल्क मृगौलाको पथरी शल्यक्रिया शिविरमा ३३ जनाले उपचार सेवा लिएको खड्गी इन्स्टिट्युट अफ इण्डोयुरोलोजीले जानकारी दिएको छ ।
शिविरबाहेक इन्स्टिच्यूटले अन्य समयमा पनि सरकारी दरमै हरेक दिन चार जना विपन्न बिरामीलाई मिर्गौला पत्थरीको शल्यक्रिया गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको समेत खड्गी इन्स्टिच्यूटअफ इण्डोयुरोलोजीले जनाएको छ ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया