खड्गी इन्स्टिच्यूटले सञ्चालन गरेको नि:शुल्क मृगौला पत्थरी शल्यक्रिया शिविर सम्पन्न
२७ जनाको निःशुल्क मृगौलाकाे पत्थरीको शल्यक्रिया

काठमाडौं । ललितपुरको कुपण्डोलमा रहेकाे खड्गी इन्स्टिच्यूट अफ इण्डोयुरोलोजीले विपन्न वर्गका लागि तीन दिने निःशुल्क मृगौला पत्थरीको शल्यक्रिया शिविर सम्पन्न गरेको छ ।
आरुस लाइफ स्टाइल, नेपाल र रेड क्रेस्सेन्ट अफ कुवेतसँगको सहकार्यमा खड्गी इन्स्टिच्यूट अफ इण्डोयुरोलोजीले फागुन १८ गतेदेखि २० गतेसम्म निःशुल्क मृगौलाकाे पत्थरीको शल्यक्रिया शिविर सञ्चालन गरेको थियो ।
उक्त शिविरमा २७ जना विपन्न विरामीले सेवा लिएका छन् । इन्स्टिच्यूटका प्रबन्ध निर्देशक एवं कन्सल्ट्यान्ट युरोलोजिष्ट डा. सञ्जय खड्गीले तीन दिन सञ्चालन भएको शिविरमा २७ जना मिर्गौला पत्थरीका बिरामीको मिनी पीसीएनएल प्रविधिबाट निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिए ।
‘हामीले यो शिविरमा ४० जनालाई सेवा दिने योजना थियो । तर २७ जना मात्र विपन्न विरामी आएका आउँनुभयो,’ उनलेभने,‘२२ जना पुरुष र ५ जना महिलाले सेवा लिनुभएको छ।’
डा. खड्गीले मिनी पीसीएनएल ठुलो चिरफारबिना नै शल्यक्रिया हुने यो सेवा दुखाइरहित हुनुका साथै यसमा बिरामीको अस्पतालको बसाइ पनि अत्यन्त न्युन हुने समेत जानकारी दिए ।
उक्त शिविरमा ६५ वर्ष उमेरसम्मका मृगौलाका पथरीका बिरामीले सेवा लिएका थिए भने ४० एमएमसम्मको पथरीको मिनी पीसीएनएल प्रविधिबाट निःशुल्क शल्यक्रिया गरिएको थियो ।
गत वर्ष धनगढीमा सञ्चालन गरेको निशुल्क निशुल्क मृगौलाको पथरी शल्यक्रिया शिविरमा ३३ जनाले उपचार सेवा लिएको खड्गी इन्स्टिट्युट अफ इण्डोयुरोलोजीले जानकारी दिएको छ ।
शिविरबाहेक इन्स्टिच्यूटले अन्य समयमा पनि सरकारी दरमै हरेक दिन चार जना विपन्न बिरामीलाई मिर्गौला पत्थरीको शल्यक्रिया गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको समेत खड्गी इन्स्टिच्यूटअफ इण्डोयुरोलोजीले जनाएको छ ।
















भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी
बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु
सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया