सोमबार, वैशाख २१, २०८३

नर्भिकमा भोलि मिर्गौला रोगीलाई निःशुल्क ओपीडी सेवा

मेरोन्यूज २०७८ फागुन २० गते १८:४९

काठमाडौं । नर्भिक अस्पतालको यूरोलोजी टिमले शनिवार (फागुन २१ गते) मिर्गौला रोगीहरुका लागि निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ ।

फागुन २१ गते शनिवार(भोलि) नर्भिक अस्पतालको यूरोलोजी टिमले निःशुल्क ओपीडी सेवा संचालन गर्ने भएको छ ।
प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क परीक्षण, परामर्श तथा उपचार सेवा दिन लागेको हो ।

केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपीडी सेवा बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म(२ घण्टा) सञ्चालन हुने अस्पतालले जनाएको छ ।

मिर्गौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले निःशुल्क ओपीडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिन सक्नेछन् ।

निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइवरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।

कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपीडी अभियान गत सातादेखि पुनः सुरु भएको हो ।

Advertisement
NiccNicc

प्रतिक्रिया