बुधबार, माघ ७, २०८२

विष्टले भने– चुनाव हार्ने भएपछि सत्तारुढ दलहरु एक्लै भिड्न डराए

मेरोन्यूज २०७८ फागुन २१ गते १८:१८

काठमाडौं । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले चुनाव हार्ने भएपछि सत्तारुढ दलहरु एमालेसँग एक्लै भिडन डराएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै एमाले सचिव सचिव विष्टले सत्तारुढ गठबन्धनसँग चुनावको सामना गर्न आफ्नो पार्टी तयार रहेको पनि बताए ।
देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले जित्न जरुरी रहेको उनको भनाइ थियो ।

देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले विजयीलाई सुनिश्चित गर्ने उनले दावी गरे ।
एमाले सचिव विष्टले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउने काममा केन्द्रित हुनु पनि सिंगो पार्टी पंक्ति लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया