‘जनताको भरोसालाई टुट्न दिने छैन’

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेवार समुदायले राजनीतिभन्दा माथि उठेर एकता देखाउनु पर्नेमा जोड दिएका छन् । नेवाः देय दवु भानु नगर समन्वय समितिको शनिबार भानु नगरपालिका ९ बाइसजाँगरमा आयोजित दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले नेवार समुदायको हकहितका लागि राजनीति गर्न नहुनेमा जोड दिए ।
‘नेवार समुदाय कोही नेपाली कांग्रेसमा, कोही नेकपा एमालेमा, कोही नेकपा माओवादी केन्द्रमा, कोही नेकपा एकीकृत समाजवादीमा आवद्ध छन्, आफ्नो समुदायको हकहितका लागि नेवारहरु एक हुनैपर्छ,’ उनले भने ।
श्रम मन्त्रालय निकै अप्ठ्यारो मन्त्रालय भएको चर्चा गर्दै उनले त्यहाँ भएका विकृति र विसंगति अन्त्य गर्ने अभियानमा लागि परेको बताए । ‘जनताको भरोसालाई टुट्न नदिने गरी काम गर्नेछु, मलाई यो गाउँबाट भोट आयो कि आएन भनेर हेरेको छैन, कसैलाई काखापाखा गरेको छैन, विकासमा सबैलाई समेट्ने प्रयास गरेको छु,’ उनले भने ।
कार्यक्रममा नेवाः देय दवुका नेताहरु शंकरनारायण श्रेष्ठ, तारालाल मल्ल र ताराप्रसाद श्रेष्ठलगायतले नेवार समुदायमा एकताको भावना हुनु पर्नेमा जोड दिए ।
















मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, यस्ताे छ आज देशभरकाे माैसम
आज माघ ७ गते बुधबार, कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने
प्रतिक्रिया