आइतबार, माघ ४, २०८२

१३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा शाही पक्राउ

मेरोन्यूज २०७८ फागुन २२ गते ९:३८

काठमाडौँ । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दैलेखमा एक युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार १३ वर्षीय बालिकालाई करणी गरेको अभियोगमा चामुनण्डा बिन्द्रासैनी नगरपालिका ४ बस्ने २४ वर्षीय नविन शाही पक्राउ परेका हुन् ।

शाहीले आफ्नै घरमा बालिकालाई करणी गरेको सुचना पाएपछि प्रहरी तत्काल उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शाहीलाई हिरासतमा राखेर घटनाबारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया