रुस–युक्रेनबीच तेस्रो चरण वार्ता गर्ने तयारी

काठमाडौँ । जारी युद्धका बीच रुस र युक्रेन तेस्रोपटक वार्ता गर्ने भएको छ । युद्ध चर्किँदै जाँदा दुई देशबीच शान्ति वार्ता हुन लागेको हो ।
दुई देशबीच भोलि सोमबार वार्ता हुने भएको हो । यसअघि दुई देशबीच भएको दुई वार्ता असफल भएको थियो । सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो ।
यसपटकको वार्ता कहाँ हुने भन्नेबारे केही खुलाइएको छैन । रुसी र युक्रेनी अधिकारीबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष ननिस्किएपछि तेस्रोपटक वार्ता हुने निश्चित भएको हो ।
सोमबार वार्ता हुने युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसानले जानकारी दिए । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत तेस्रो चरणको वार्ता हुने बताएका हुन् ।
दोस्रो चरणको वार्ता सकिएपछि वार्तामा सहभागी अधिकारी आआफ्नो देशको राजधानी फर्किएर आवश्यक परामर्श गरी तेस्रो चरणको वार्ता गर्न तयारी गरेका थिए ।
रुस पछिल्लो चरणमा वार्ता जारी राख्न सहमत भएको थियो । सोहीबमोजिम दुवै पक्ष वार्तामा बसेका थिए ।
रुस र युक्रेनले आगामी केही दिनभित्र अर्को उच्च स्तरीय वार्तामा बस्ने भएका शुक्रबार बताइएको थियो । उता रुसले भने पछिल्ला दिनमा युक्रेनको राजधानी किभका आवासीय क्षेत्रमा हवाई आक्रमण गरेको छ । रुसले यहाँका आवासीय क्षेत्रमा गोलाबारी गरिरहेको आरोप लगाइएको छ ।
युक्रेनी राजधानी किभमा खतराको जनाउ दिने साइरन बजेका बताइएको छ । त्यस्तै, युक्रेनको उत्तरी शहर चर्निभमा पनि गोलाबारी भइरहेको छ ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया