ओखलढुंगामा जिप दुर्घटनाः एक जना महिलाको मृत्यु, सात जना घाइते
मेरोन्यूज
२०७८ फागुन २२ गते १६:११

काठमाडौं । ओखलढुङगाको सिद्धिचरण नगरपालिका–५ सिस्नेखोलामा आइतबार जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना भने घाइते भएका छन् ।
मृत्यु हुनेमा जिपमा सवार ओखलढुङगाको चिसङखुगढी गाउँपालिका–३ बस्ने ३८ वर्षीया कुमारी श्रेष्ठ रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सामुदायिक अस्पताल ओखलढुङगामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये चालक र अर्का एक जना थप उपचारको लागि काठमाडौँ पठाइएको छ । अन्य घाइतेको सामुदायिक अस्पताल ओखलढुङगामै उपचार भइहेको छ ।
माम्खाबाट ओखलढुङगातर्फ जाँदै गरेको प्रदेश १–०२ ०–०१ ज ३८७५ नम्बरको जिप आइतबार बिहान ८ बजे अनियन्त्रित भइ दुर्घटना भएको हो ।
सम्बन्धित















झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
गाजा संकट गहिरिँदै: मृतक संख्या बढ्दो
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया