ओखलढुंगामा जिप दुर्घटनाः एक जना महिलाको मृत्यु, सात जना घाइते
मेरोन्यूज
२०७८ फागुन २२ गते १६:११

काठमाडौं । ओखलढुङगाको सिद्धिचरण नगरपालिका–५ सिस्नेखोलामा आइतबार जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना भने घाइते भएका छन् ।
मृत्यु हुनेमा जिपमा सवार ओखलढुङगाको चिसङखुगढी गाउँपालिका–३ बस्ने ३८ वर्षीया कुमारी श्रेष्ठ रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सामुदायिक अस्पताल ओखलढुङगामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये चालक र अर्का एक जना थप उपचारको लागि काठमाडौँ पठाइएको छ । अन्य घाइतेको सामुदायिक अस्पताल ओखलढुङगामै उपचार भइहेको छ ।
माम्खाबाट ओखलढुङगातर्फ जाँदै गरेको प्रदेश १–०२ ०–०१ ज ३८७५ नम्बरको जिप आइतबार बिहान ८ बजे अनियन्त्रित भइ दुर्घटना भएको हो ।
सम्बन्धित













आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?
माघ ४ गते आइतबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया