नेपालमा कुल जनसंख्याको १८.८ प्रतिशतमा कानको समस्या

काठमाडौं । नेपालमा कुल जनसंख्याको १८.८ प्रतिशतमा कानको समस्या रहेको पाइएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत आँखा, नाक, कान घाँटी तथा मुख स्वास्थ्य शाखाको एक सर्भेले १८.८ प्रतिशतमा कानको समस्या रहेको देखाएको हो । उक्त सर्भे गत बैशाखदेखि साउनसम्ममा सात वटै प्रदेशका २८ जिल्लाका समुदाय र विद्यालयका १७ हजार ५९ जनामा गरिएको थियो । जसमा सबैभन्दा बढी कानको समस्या लुम्बिनी प्रदेशमा रहेको देखाएको छ । कुल सहभागीहरुमध्ये कान सम्वन्धी २४.८ प्रतिशत रहेका थिए ।
शाखाका प्रमुख डा प्रकाश बुढाथोकीका अनुसार सर्भेबाट कानसम्वन्धी समस्या मुस्लिम धर्मावलम्बीमा बढी भएको पाइएको छ । कान रोग १८ बर्षमुनिका अर्थात विद्यालय उमेरका बालबालिकामा १.२२ गुणा जोखिम बढी देखिएको छ । पुरुषभन्दा महिलामा जोखिम ०.९४ गुणा बढी छ ।
कान सम्वन्धी जोखिममा रहनेहरुमा एलर्जी राईनाईटिस, दम, धुम्रपान तथा मदिरा प्रयोगकर्ता,लामोसमय अस्पताल भर्ना तथा लामोसमय चर्को ध्वनीमा रहेकाको रहेको बताईएको छ ।
कानेगुजी भई समस्या भएका ४८ प्रतिशत, अट्राईटिस मेडिया भएकामा १२।८ प्रतिशत समस्या देखिएको छ । उनले सर्भेको बिस्तृत बिश्लेषण आगामी दुई महिना भित्र आईसक्ने डा. बुढाथोकीले जानकारी दिए ।
डा बुढाथोकीले कानको सक्रमणको समयमै उपचारको पहुच नहुनु,प्राथमिक उपचार तथा जनचेतनामा कमी र बढ्दो चर्को ध्वनीमा लगातार लामो समयसम्म काम गर्ने लगायतका कारण रहेको बताउँछन् ।
















विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
पोखरामा गाडी दुर्घटना हुँदा १० जना घाइते
दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया