नेपालमा कुल जनसंख्याको १८.८ प्रतिशतमा कानको समस्या

काठमाडौं । नेपालमा कुल जनसंख्याको १८.८ प्रतिशतमा कानको समस्या रहेको पाइएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत आँखा, नाक, कान घाँटी तथा मुख स्वास्थ्य शाखाको एक सर्भेले १८.८ प्रतिशतमा कानको समस्या रहेको देखाएको हो । उक्त सर्भे गत बैशाखदेखि साउनसम्ममा सात वटै प्रदेशका २८ जिल्लाका समुदाय र विद्यालयका १७ हजार ५९ जनामा गरिएको थियो । जसमा सबैभन्दा बढी कानको समस्या लुम्बिनी प्रदेशमा रहेको देखाएको छ । कुल सहभागीहरुमध्ये कान सम्वन्धी २४.८ प्रतिशत रहेका थिए ।
शाखाका प्रमुख डा प्रकाश बुढाथोकीका अनुसार सर्भेबाट कानसम्वन्धी समस्या मुस्लिम धर्मावलम्बीमा बढी भएको पाइएको छ । कान रोग १८ बर्षमुनिका अर्थात विद्यालय उमेरका बालबालिकामा १.२२ गुणा जोखिम बढी देखिएको छ । पुरुषभन्दा महिलामा जोखिम ०.९४ गुणा बढी छ ।
कान सम्वन्धी जोखिममा रहनेहरुमा एलर्जी राईनाईटिस, दम, धुम्रपान तथा मदिरा प्रयोगकर्ता,लामोसमय अस्पताल भर्ना तथा लामोसमय चर्को ध्वनीमा रहेकाको रहेको बताईएको छ ।
कानेगुजी भई समस्या भएका ४८ प्रतिशत, अट्राईटिस मेडिया भएकामा १२।८ प्रतिशत समस्या देखिएको छ । उनले सर्भेको बिस्तृत बिश्लेषण आगामी दुई महिना भित्र आईसक्ने डा. बुढाथोकीले जानकारी दिए ।
डा बुढाथोकीले कानको सक्रमणको समयमै उपचारको पहुच नहुनु,प्राथमिक उपचार तथा जनचेतनामा कमी र बढ्दो चर्को ध्वनीमा लगातार लामो समयसम्म काम गर्ने लगायतका कारण रहेको बताउँछन् ।













कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
समानुपातिकको बन्दसूची सार्वजनिक (पूर्णपाठ)
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
प्रतिक्रिया