एभरेष्ट अस्पतालले नारी दिवसमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालले यहि फागुन २४ गते नारी दिवसको दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
फागुन २४ गते अस्पतालले विशेषगरी स्त्री रोगसँग सम्बन्धित महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको अस्पतालले जनाएको छ ।
बरिष्ठ स्त्री रोग तथा निसन्तान विशेषज्ञ डा.जोत्सना शर्मा तथा ल्याप्रोस्कोपी सर्जन तथा निसन्तान विशेषज्ञ डा. राजन शाह र बेस्ट अनकोसर्जन डा. विकास शाहले स्तन क्यान्सरको निःशुल्क ओपीडी सञ्चालन गर्ने भएका छन् ।
२४ गते विहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । स्त्री रोग तथा निसन्तान सम्बन्धि निःशुल्क स्वास्थ्य परीक्षण र स्तन क्यान्सर सम्बन्धि सम्पूर्ण रोगको परामर्श जाँच एवम् उपचार गरिने अस्पतालका प्रशासकीय प्रमुख दिपक चन्द्र बरालले बताए ।
उनका अनुसार शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण र परामर्शका साथै प्याप स्मेर जाँच गर्दा कुनै शुल्क नलाग्ने र अल्ट्रासाउण्डमा ५० प्रतिशत र ल्याब टेस्टमा ३० प्रतिशत र अन्य अस्पतालले दिने सेवा समेत ३० प्रतिशत छुट दिनेछ ।
पाठेघरमा मासु पलाएको निकाल्ने शल्यक्रिया, बिरामीको पाठेघर निकाल्ने शल्यक्रिया, अण्डामा शिष्ट पलाएको, पाठेघर निकाल्ने शल्यक्रिया लगायत स्त्री रोग सम्बन्धि कुनै पनि समस्या भएका र उनीहरुको ल्याप्रोस्कोपी सर्जरीबाटबाटै अप्रेशन गर्नु नै पर्ने अवस्था आएमा पनि शिविरको दिन ३० प्रतिशत छुटको व्यवस्था गरिने अस्पतालले जनाएको छ ।
















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया