माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
मेरोन्यूज
२०७८ फागुन २३ गते ७:३१

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्ने भएको छ । गत शुक्रबारदेखि काठमाडौँमा सुरु भएको बैठक आज पनि बस्ने भएको हो ।
आइतबार बस्ने भनिए पनि अन्तिम समयमा बैठक स्थगित भएपछि आज बस्ने भएको हो । बैठक बिहान ११ बजे बस्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
बैठकमा केन्द्रीय कमितिलाई पूर्णता, पोलिटब्युरो, स्थायी कमिटी गठनलगायतका एजेण्डामाथि छलफल गरी टुंग्याउने भएको छ । माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ ।
गत शुक्रबारको बैठकमा एमसीसीलगायतका विषयमा छलफल भएको थियो ।जसमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । यस क्रममा एमसीसी पास गराउन पार्टीले गरेको सहयोगबारे श्रेष्ठले आलोचना गरेका थिए ।
सम्बन्धित
















संयोजक प्रचण्ड सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त
वाणिज्य बैंकको वार्षिकोत्सवका अवसरमा ४१३ जनाले गरे रक्तदान
ललितपुरका ३ निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
श्रीमतीको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने
प्रतिक्रिया