माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
मेरोन्यूज
२०७८ फागुन २३ गते ७:३१

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्ने भएको छ । गत शुक्रबारदेखि काठमाडौँमा सुरु भएको बैठक आज पनि बस्ने भएको हो ।
आइतबार बस्ने भनिए पनि अन्तिम समयमा बैठक स्थगित भएपछि आज बस्ने भएको हो । बैठक बिहान ११ बजे बस्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
बैठकमा केन्द्रीय कमितिलाई पूर्णता, पोलिटब्युरो, स्थायी कमिटी गठनलगायतका एजेण्डामाथि छलफल गरी टुंग्याउने भएको छ । माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ ।
गत शुक्रबारको बैठकमा एमसीसीलगायतका विषयमा छलफल भएको थियो ।जसमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । यस क्रममा एमसीसी पास गराउन पार्टीले गरेको सहयोगबारे श्रेष्ठले आलोचना गरेका थिए ।
सम्बन्धित
















आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया