माओवादी केन्द्रको बैठक जारी, पदाधिकारी मनोनयन नगर्ने मनस्थितिमा प्रचण्ड

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै छ । आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरी आजका लागि बोलाइएको हो ।
बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी छ । बैठकमा नेता नारायणकाजी श्रेष्ठ पक्ष पनि सहभागी छन् ।
अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर श्रेष्ठ समूहले असन्तुष्टि सार्वजनिक गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रेष्ठ समूहलाई पार्टी छाडेर जान सक्नेसम्म बताएका थिए । प्रचण्डको अभिव्यक्तिपछि सम्बन्ध बिग्रिएको थियो । आजको केन्द्रीय समिति बैठकमा श्रेष्ठ समूहले आफ्ना असहमति दर्ज गराउने भएको छ ।
राष्ट्रिय महाधिवेशन सम्पन्न भएको तीन महिनापछि माओवादी केन्द्रको केन्द्रीय समितिको पहिलो बैठक बसेको हो । आजको बैठकमा अध्यक्ष प्रचण्डले बाँकी केन्द्रीय सदस्य मनोनित गर्ने भएका छन् ।
माओवादीले अझै पदाधिकारी चयन गर्न सकेको छैन । महासचिव चयन गर्न सकस भएपछि प्रचण्डले पदाधिकारी तत्काल मनोनयन नगर्ने मनस्थिति बनाएका छन् ।
















अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा
आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया