मधेश प्रदेशबाट फर्किएर मुख्यमन्त्री पोखरेलले भने- मुख्यमन्त्रीहरूको भेला फेरि बोलाउँछु

जनकपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरामा मुख्यमन्त्रीहरूको पुनः भेला आयोजना गर्ने बताएका छन् । मधेश प्रदेश भ्रमणबाट फर्किएलगत्तै पत्रकारहरूसँगको कुराकानीमा उनले संघ सरकारको दबाबका लागि मुख्यमन्त्रीहरूको साझा आवाज तयार गर्ने बताए ।
‘संघ सरकार प्रदेशप्रति अनुदार छ । यो कुरा सार्वजनिक रुपमा भनेका पनि छौँ । मैले मुख्यमन्त्रीहरूलाई कन्भिन्सको प्रयत्न गरिरहेको छु,’ उनले भने, ‘मुख्यमन्त्रीहरूको सामुहिक आवाज गयो भने केन्द्रीय सरकारलाई दबाब पुग्छ । यसलाई स्वभाविक लिनुपर्छ ।’
मधेश प्रदेशका मुख्यमन्त्री डा। लालबाबु राउतले पनि मुख्यमन्त्रीहरूको भेला आयोजना गर्न सुझाव दिएको बताए । ‘उता पनि मैले कुरा गरेर आएको छु । उहाँले गण्डकीले आयोजना गरिदियोस् भन्नुभएको छ । अरु मुख्यमन्त्रीसँग पनि सम्पर्क गरेर भेला गरौँ भनेको हुँ,’ उनी भन्छन्, ‘विगतमा पनि भेला भएको थियो तर निश्चित नतिजा नआउँदै टुंगियो । त्यसलाई पूरा गर्न गण्डकी सरकारले नै पहल गर्नुपर्छ भन्ने मेरो सोच हो ।’
मधेश प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल, अर्थमन्त्री रामजी बराल, पर्यटनमन्त्री मणिभद्र शर्मासहित पर्यटन व्यवसायी र कर्मचारीहरूको टोली तीन दिने भ्रमणमा गएको थियो । टोलीमा १८ जना थिए ।
‘एक वर्षदेखि सुन्दै आएको हो, त्यहाँ रेल आएको छ भनेर । एउटा स्टेसनसम्म पुगेर हामीले रेल हेर्यौं । उहाँहरूले घुमाउनुभयो,’ पोखरेलले भने, ‘हाम्रो लक्ष्य नै आन्तरिक पर्यटन प्रवर्द्धा गर्ने हो । त्यही उद्देश्यले त्यहाँका मुख्यमन्त्रीलाई हामीले बोलाएर पोखरा घुमाएका थियौं । पोखरा जनकपुरको कनेक्टिभिटी ठूलो उपलब्धि हो ।’ यो भ्रमणले प्रदेशको अस्तित्व बढाउन सहयोग पुग्ने उनको विश्वास छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया