मधेश प्रदेशबाट फर्किएर मुख्यमन्त्री पोखरेलले भने- मुख्यमन्त्रीहरूको भेला फेरि बोलाउँछु

जनकपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरामा मुख्यमन्त्रीहरूको पुनः भेला आयोजना गर्ने बताएका छन् । मधेश प्रदेश भ्रमणबाट फर्किएलगत्तै पत्रकारहरूसँगको कुराकानीमा उनले संघ सरकारको दबाबका लागि मुख्यमन्त्रीहरूको साझा आवाज तयार गर्ने बताए ।
‘संघ सरकार प्रदेशप्रति अनुदार छ । यो कुरा सार्वजनिक रुपमा भनेका पनि छौँ । मैले मुख्यमन्त्रीहरूलाई कन्भिन्सको प्रयत्न गरिरहेको छु,’ उनले भने, ‘मुख्यमन्त्रीहरूको सामुहिक आवाज गयो भने केन्द्रीय सरकारलाई दबाब पुग्छ । यसलाई स्वभाविक लिनुपर्छ ।’
मधेश प्रदेशका मुख्यमन्त्री डा। लालबाबु राउतले पनि मुख्यमन्त्रीहरूको भेला आयोजना गर्न सुझाव दिएको बताए । ‘उता पनि मैले कुरा गरेर आएको छु । उहाँले गण्डकीले आयोजना गरिदियोस् भन्नुभएको छ । अरु मुख्यमन्त्रीसँग पनि सम्पर्क गरेर भेला गरौँ भनेको हुँ,’ उनी भन्छन्, ‘विगतमा पनि भेला भएको थियो तर निश्चित नतिजा नआउँदै टुंगियो । त्यसलाई पूरा गर्न गण्डकी सरकारले नै पहल गर्नुपर्छ भन्ने मेरो सोच हो ।’
मधेश प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल, अर्थमन्त्री रामजी बराल, पर्यटनमन्त्री मणिभद्र शर्मासहित पर्यटन व्यवसायी र कर्मचारीहरूको टोली तीन दिने भ्रमणमा गएको थियो । टोलीमा १८ जना थिए ।
‘एक वर्षदेखि सुन्दै आएको हो, त्यहाँ रेल आएको छ भनेर । एउटा स्टेसनसम्म पुगेर हामीले रेल हेर्यौं । उहाँहरूले घुमाउनुभयो,’ पोखरेलले भने, ‘हाम्रो लक्ष्य नै आन्तरिक पर्यटन प्रवर्द्धा गर्ने हो । त्यही उद्देश्यले त्यहाँका मुख्यमन्त्रीलाई हामीले बोलाएर पोखरा घुमाएका थियौं । पोखरा जनकपुरको कनेक्टिभिटी ठूलो उपलब्धि हो ।’ यो भ्रमणले प्रदेशको अस्तित्व बढाउन सहयोग पुग्ने उनको विश्वास छ ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
प्रतिक्रिया