बिहीबार, माघ ८, २०८२

माधव नेपाल भन्छन्– स्थानीय निर्वाचनमा ठूलो सफलता मिल्छ

मेरोन्यूज २०७८ फागुन २३ गते १६:४७

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दावी गरेका छन् ।

सोमबार रामेछाप जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुलाई काठमाडौंमा स्वागत गर्दै अध्यक्ष नेपालले आसन्न स्थानीय तह निर्वाचनमा अन्य पार्टीहरुसँग तालमेल गरी ठूलो सफलता हात पार्ने बताएका हुन् ।

पार्टीले आगामी चुनावमा केन्द्रित भएर टोल–टोलमा संगठन विस्तार र परिचालनमा लागेको पनि उनले बताए ।

प्रतिक्रिया