चैत नलाग्दै डढेलो, लुक्ला विमानस्थल नजिकै आगलागी हुँदा उडान प्रभावित

सोलुखुम्बु । यो वर्ष चैत नलाग्दै आगलागी तथा डढेलो लाग्न सुरु गरेको छ । आइतबार मात्रै तनहुँको दमौलीमा भीषण आगलागी भएको थियो भने सोमवार सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकको जंगलमा डढेलो लागेको छ ।
विमानस्थल नजिकैको जंगलमा आगलागी हुँदा धुवाँको मुस्लोले हवाइ उडानसमेत प्रभावित बनेको छ ।
जिल्लाको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर २ स्थित नाक्चुङ सामुदायिक वन क्षेत्रमा आइतबाररातिदेखि भीषण आगलागी हुँदा आगोको मुस्लोका सोमवार दिउँसोको उडान प्रभावित भएको विमानस्थल कर्मचारीले बताए । कालो मुस्लोसहितको धुँवाले झण्डै दुई घण्टा विमानस्थल नै बन्द गर्नुपरेको विमानस्थलका प्रमुख द्वारिका अछामीले बताए ।
आगलागीको बारेमा बिहान नेपाल प्रहरीलाई स्थानीयले जानकारी गराएपछि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको संयुक्त टोली आगो निभाउन खटिएको थियो ।
जंगलको अप्ठेरो ठाउँमा लागेको आगो निभाउन नसकिएपछि आगो निभाउन हेलिकोप्टरकोसमेत प्रयोग गरिएको थियो ।
आगलागीबाट १० हेक्टरभन्दा बढी क्षेत्रफलको जंगल क्षति पुगेको अनुमान गरिएको छ ।
















आज आइतबार कस्तो रहला तपाईँको भाग्य ? हेर्नुहोस् राशिफल
अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया