काठमाडौँमा पाँच जनाद्वारा सामूहिक आत्महत्याको आशंका, एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ फागुन २४ गते ७:४३

काठमाडौँको नागार्जुन नगरपालिका ६ रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेका छन् । जसमा एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले सामूहिक आत्महत्याको प्रयास गरेका थिए । तर, ३३ वर्षीय सुवर्णमान प्रधानको मात्र मृत्यु भएको छ ।
अन्य ६३ वर्षीया इन्द्रमाया, ३८ वर्षीय भीममान, ३३ वर्षीया मन्दिरा र ११ वर्षीया सुप्रिया बेहोस भएकाले मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
सोमबार राति साढे १० बजे उनीहरूले विष खाएको हुन सक्ने प्रहरीले जनाएको छ । घरभित्र विषका बोतलहरु भेटिएको छ । उनीहरुको स्थायी घर काठमाडौँको डल्लु भए पनि रामकोटस्थित डाडापौवामा फ्ल्याट भाडमा लिएर बस्दै आएका थिए ।
सम्बन्धित
















वन्यजन्तु पर्यटनको प्रवर्द्धन गर्न चितवनमा सुरू भयो सफारी मार्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
२४ घण्टामा दुई हजार ९ सय ३ जना सवारी चालक ट्राफिक कारबाहीमा
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
उज्यालो नेपाल पार्टीले भन्यो: वास्तविक सुकुमवासीको उचित र दीर्घकालीन व्यवस्थापन गरियोस्
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया