शनिबार, वैशाख १२, २०८३

श्रीमानको कुटाईपछि वनमा बस्दै आएकी महिलाको उद्धार

मेरोन्यूज २०७८ फागुन २४ गते १३:३२

काठमाडौँ । शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरस्थित वसन्त सामुदायिक वन क्षेत्रमा दुई महिनादेखि झोपडी बनाएर बस्दै आएकी उमा चौधरीलाई आज उद्धार गरिएको छ । नगरपालिकाले सञ्चालन गरेको सेफ हाउसले प्रहरीको सहयोगमा अहिले उनलाई उद्धार गरेर राखिएको छ ।

Advertisement
NiccNicc

राष्ट्रिय समाचार समितिको समाचार बुलेटिनमा ‘दुई महिनादेखि महिला वन क्षेत्रमा अलपत्र’ भन्ने समाचार प्रकाशन भएपछि सेफ हाउसमा आवद्ध महिलाहरुले चौधरीको उद्धार गरेका हुन् । सेफ हाउस सञ्चालन समितिका पदाधिकारी पुष्पा केसीले उक्त समाचार पढेपछि मात्रै महिला वन क्षेत्रमा अलपत्र अवस्थामा रहेको जानकारी पाइएको बताए ।

‘जानकारी पाएपछि उद्धार गरी सेफहाउसमा ल्याएर राखेका छौँ,’ उनले भने, ‘यहाँबाट अल्पकालीन सेवा मात्रै दिइने भएकाले महिलालाई सुरक्षितरुपमा राख्नका लागि अन्य दातृ निकायले सञ्चालन गरेका सुरक्षित गृहमा पठाउने व्यवस्था मिलाउँदै छौँ ।’ उद्धार गरिएकी महिला डिप्रेसनमा रहेकीले मनोविर्मशकोसमेत आवश्यकता रहेको उनले बताए ।

बेलौरी नगरपालिकाको कुण्डा घर भएकी चौधरीलाई श्रीमान् रामबहादुरले कुटपिट गरी बनमा लगेर अलपत्र पारेपछि उनी दुई महिनादेखि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएकी र नजिकैको गाउँबाट खाना मागेर खाँदै आएकी थिइन् ।

वडाध्यक्ष दिलबहादुर बुढाले एक्लै महिला वन क्षेत्रमा तुसारोसमेत नछेक्ने झोपडीमा बस्ने गरेको देखेपछि वन छेउकै मन्दिरमा साधु बस्ने कुटीको बरण्डामा बस्ने व्यवस्था मिलाइदिएका थिए ।

प्रतिक्रिया