शनिबार, फागुन २३, २०८२

डाक्टरको अपोइन्टमेन्टदेखि ल्याब रिपोर्ट नर्भिकको क्यूआर कोडबाटै

मेरोन्यूज २०७८ फागुन २४ गते १५:३६

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले क्यूआरकोडबाट आवश्यक सेवाको विषयमा जानकारी पाउन सकिने सुविधा थपेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

अस्पतालमा डाक्टरको अपोइन्टमेन्ट लिनेदेखि विरामीको ल्याब रिपोर्ट पनि क्यूआर कोडमै उपलब्ध हुने भएको छ ।

नर्भिक अस्पतालमा उपलब्ध सबै सेवाको विषयमा जानकारी लिन चाहनेले वेबसाइटमा गएर स्क्रोल गर्नुपर्ने बाध्यता अन्त्य गर्दै क्यूआर कोड स्क्यान गरी ती विषयमा सहजै आवश्यक सबै जानकारी लिनसक्ने ब्यवस्था गरेको हो ।

यो सेवा कार्यान्वयनमा आएसँगै अब नर्भिक अस्पतालमा गरिएको ल्याबटेस्टको रिपोर्ट क्यूआर कोड स्क्यान गरी डाउनलोड गर्न सकिने अस्पतालले जनाएको छ । क्यूआर कोड स्क्यान गरेपछि सोझै ल्याब रिपोर्ट डाउनलोडन गर्ने पेजमा पुगिने छ ।

यस्तै, विशेषज्ञ चिकित्सकहरुको ओपीडी समयको विषयमा आवश्यक जानकारीका लागि पनि मुख्य वेबसाइटमा गएर अप्सन खोज्नु नपर्ने भएको छ ।

ओपीडी टाइमिङको क्यूआरकोड स्क्यान गरेपछि सोझै सम्बन्धित पेजमा पुगिनेछ । सो पेजमा पुगिसकेपछि अनलाइनबाटै डाक्टरको अपोइनमेन्ट समेत लिन सकिने सुविधा उपलब्ध गराइएको नर्भिक अस्पतालले जनाएको छ ।

नर्भिकमा उपलब्ध विशेषज्ञ चिकित्सकहरुको प्रोफाइल समेत क्यूआर कोड स्क्यान गरी हेर्न सकिने सुविधा समेत उपलब्ध गराइएको छ ।

यसैगरी, नर्भिक अस्पतालमा उपलब्ध विभिन्न स्तरका रुमहरुको विषयमा जान्न चाहनेका लागि समेत क्यूआर कोड उपलब्ध गराइएको छ ।

यस्तै, नर्भिकको ओपीडी र आइपीडी सेवामा उपलब्ध विभिन्न हेल्थ प्याकेजहरुको विषयमा पूरा जानकारीका साथै अस्पतालको विवरण्, सम्पर्क नम्बर, ठेगाना पनि क्यूआर कोड स्क्यान गरेर थाहा पाउन सकिने भएको नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बताए ।

प्रतिक्रिया