आइतबार, माघ ४, २०८२

सन्दर्भः ८ मार्च

सुरक्षा निकायमा महिला सहभागिता कति ?

दया दुदराज २०७८ फागुन २४ गते १६:०३

काठमाडौं । पछिल्लो समय सुरक्षाका विभिन्न निकायहरुमा महिलाको सहभागिता बढ्दो छ ।

लैङ्गिक समानता झल्काउँदै नेपालको संविधानमा प्रत्यक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको भएता पनि सुरक्षा निकायहरुमा महिलाको सहभागिता चित्त बुझ्दो छैन ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा गरी देशभर करिब १ लाख ८८ हजार जनशक्ति रहेका छन् जसमध्य करिब १९ हजार महिला जनशक्तिहरु छन् । यो आकडाले महिला सहभागिताको अवस्था दयनीय रहेको स्पस्ट बुझिन्छ ।

नेपाल प्रहरीमा ८ हजार
हाल नेपाल प्रहरीमा ७५ हजार ४ सय ६३ जनशक्ति छन् । जसमध्ये ८ हजार ३ सय ३४ जना महिला छन् । ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्नेमा प्रहरी संगठन भने मुस्किलले ११ प्रतिशतमात्र रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ष्ठ उपरिक्षक (एसएसपी) विष्णु केसीले बताए ।

६ दशक लामो इतिहास बोकेको नेपाल प्रहरीमा महिला प्रहरी महानिरीक्षक भएका छैनन् । पहिलोपटक महिला भर्ना ००८ देखि सुरु भयो । ०४९ मा खुला प्रतिस्पर्धाबाट पहिलोपटक इन्स्पेक्टरमा महिला भर्ना भए । अहिलेकी डिआईजी पूजा सिंह त्यतिवेला भर्ना भएकी एक्ली महिला हुन् ।

नेपाली सेनामा ७ हजार
सेनामा कुल ९० हजार जनशक्ति छन् जसमध्य ७ जजार मात्रै महिला जनशक्तिहरु छ । जसमध्य ५ हजार ६२ जना जुनियर पोस्टमा छन् भने बाँकीका करिब ३ सय जना मात्रै माथिल्लो ओहोदामा छन् ।


नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलका अनुसार कुल जनशक्तिको जम्मा ७ प्रतिशत मात्रै महिला सहभागिता छ ।

सेनामा पहिले प्राविधिक सेवामा मात्र महिलालाई भर्ना लिइन्थ्यो । २०६१ सालसम्म पहिला नेपाली सेनामा प्राविधिक सेवामा मात्र महिलालाई भर्ना लिइन्थ्यो । महिलालाईसमेत भर्ना लिन थालेपछि नेपाली सेनामा महिलाहरुको संख्या बढेको छ ।

सशस्त्र प्रहरी बलमा ३१ सय
सुरक्षा निकायहरु मध्यकै कान्छो निकाय मानिने सशस्त्र प्रहरी बलमा महिलाहरुको सहभागिता निराशाजनक छ ।

सशस्त्रमा ३७ हजारको दरबन्दी छ तर ३३ हजार मात्रै कार्यरत छन् । ३३ हजार मध्ये ३१ सय महिला कार्यरत रहेकाे सशस्त्र प्रहरी बलका प्रवक्ता कमलप्रसाद तिउसिनाले बताए ।

सशस्त्र प्रहरी बलमा स्थापनाकाल अर्थात् ०५८ देखि नै महिला सहभागिता थियो । इन्स्पेक्टरमा महिला भर्ना भने ०६० देखि थालिएको थियो ।

दया दुदराज

<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

प्रतिक्रिया