मेलम्ची र हेलम्बु बाढी प्रभावित क्षेत्रमा ४ करोड रकम विनियोजन

सिन्धुपाल्चोक । मेलम्ची र हेलम्बु क्षेत्रमा आएको बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश ,आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा ४ करोड रकम विनियोजन गरेकोे छ ।
भू तथा जलाधार संरक्षण कार्यक्रम अन्तरगत मन्त्रालयले तत्काल ४ करोड रकम स्वीकृत गरेको हो । बाँकी ७ करोड रकम पनि यहि आर्थीक वर्ष २०७८÷७९ मा स्वीकृत भई कार्यान्वयनमा समेत आउने बाग्मती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले बताए ।
सिन्धुपाल्चोक निर्वाचित प्रदेशसभा सदस्य युवराज दुलालको पहलमा बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि सरकारले बजेट विनियोजन गरेको हो ।
अकल्पनीय मेलम्ची÷इन्द्रावती बाढी पश्चात् बाडि पीडितहरूको मुहारमा खुसी झल्काउने गरि मेलम्ची इन्द्रावती नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि पहिलो चरणमा पाँचपोखरी, हेलम्बुदेखि ढाँडखोलासम्म ३१ वटा योजना समावेश सहित ४ करोड विनियोजन भएकोमा बाढी प्रभवित समेत रहेका नेकपा माओवादि जिल्ला कमिटि सदस्य सिपी दूलालले बताए ।
मन्त्रालयले रकम विनियोजन गरेपछि अब मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका अधिकांश क्षेत्रमा बाढीले पुर्याएको प्रभावित क्षेत्रको संरक्षण हुने भएपछि वाढि प्रभावित खुसी भएका छन् ।
प्रदेश सरकार संचालन संयोजक , पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्यसमेत रहेका दुलालले मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेल सँग छलफल गर्दै यहाँको अस्थायी संरक्षण र दीर्घकालिन योजनाका बारेमा छलफल गरेका थिए ।

















अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
इरानकाे आक्रमणमा ज्यान गुमाएका श्रेष्ठको शव नेपाल ल्याइयो
रुपन्देही–५ मा रास्वपाका खान विजयी
दैलेख–२ मा एमालेका पोखरेल विजयी
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
प्रतिक्रिया