शुक्रबार, वैशाख २५, २०८३

एमसीसीविरुद्धको आन्दोलनमा घाइते अवस्थी अस्पतालबाट डिस्चार्ज

मेरोन्यूज २०७८ फागुन २४ गते १९:००

काठमाडौं । प्रतिनिधिसभामाबाट एमसीसी पास गर्न नहुने भन्दै नयाँ बानेश्वर केन्द्रित आन्दोलनमा प्रहरीको अश्रुग्यास प्रहारबाट घाइते हेमराज अवस्थी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

संसदबाट एमसीसी अनुमोदन गर्न लागेको भन्दै त्यसको विरोधमा फागुन १२ गते भएको संसद भवन बाहिरको प्रदर्शनका क्रममा प्रहरीले हानेको अश्रुग्यासको सेल टाउकोमा लागेर गम्भीर घाइते अवस्थी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत थिए ।

टाउकोमा गम्भीर चोट लागेका डडेलधुराका अवस्थीलाई ट्रमा सेन्टरले अन्नपूर्ण न्यूरो अस्पतालमा रेफर गरेको थियो । अवस्थीको टाउकोमा दुई वटा अपरेशन गरिएको थियो ।

अपरेशन पश्चात ११ दिनको अस्पताल बसाई पछि अस्पतालले पुनः फलाअपमा आउने गरी मंगलबार डिस्चार्ज गरेको अस्पताल प्रशासनले जनाएको छ ।

Advertisement
NiccNicc

प्रतिक्रिया