शनिबार, वैशाख २६, २०८३

माओवादीले एमसीसीको बहस तल्लो कमिटीसम्म नै लैजाने

मेरोन्यूज २०७८ फागुन २४ गते २२:११

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीभित्रको एमसीसीको विवादलाई तलैसम्म छलफल चलाउने भएको छ ।

शुक्रबारदेखि शुरु भई सोमवार सकिएको माओवादी केन्द्रीय समिति बैठकले आगामी तीगामी तीन महिनापछि एमसीसीको बहस चलाउने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले बताए ।

स्थानीय तहको निर्वाचन बैशाखमा हुने भएकाले त्यसअघि निर्वाचनमा होमिने भन्दै जेठ २० गते मात्रै केन्द्रीय समिति बैठक बोलाइएको छ । जेठ २० गतेदेखि एक एमसीसीबारेको फोरम सञ्चालन गरी एक महिनाभित्रै निश्कर्षमा पुर्याउने निर्णय गरिएको नेता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

नेता श्रेष्ठले एमसीसीमा देखावटी मात्रै विरोध गरेको भन्दै आलोचना हुन थालेपछि जेठ २०पछि पार्टीको तल्लो कमिटीसम्म नै छलफल चलाएर एक महिनाभित्रै निश्कर्षमा पुग्ने निर्णय भएको कुरा सार्वजनिक गरेका हुन् ।

नेता श्रेष्ठले एमसीसी संशोधन बिना अनुमोदन गरिएको भन्दै लिखित रुपमै फरक मत राखेका छन् । एमसीसीबारेमा श्रेष्ठसहित कृष्णबहादुर महरा, देव गुरुङ र लिलामणि पोखरेलले पनि पार्टी अध्यक्ष प्रचण्डसमक्ष लिखित रुपमा फरक मत बुुझाएका थिए ।

Advertisement
NiccNicc

प्रतिक्रिया