रामकोट घटना: भीममान र मन्दिराको होस खुल्यो, ११ वर्षीया बालिकाको अवस्था जटिल बन्दै

काठमाडौं । नागार्जुन नगरपालिका ६ रामकोटस्थित डाँडापौवामा बस्दै आएका एक प्रधान परिवारले सोमबार राती सामूहिक आत्महत्याको प्रयास गरेका थिए । परिवारका पाँँचै जना सदस्यले विषादी सेवन गरेर आत्महत्याको प्रयास गरेको प्रहरीको निष्कर्श छ ।
विषादी सेवन गरेका ५ जना मध्य एक जनाको सोमबार राति नै निधन भएको थियो भने ४ जनाको अवस्था अचेत थियो । बुधबार अचेत रहेका मध्यका ३८ वर्षीय भीममान प्रधान र उनकी श्रीमती ३५ वर्षीया मन्दिरा प्रधानको होस खुलेको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरिक्षक (एसपी) दिनेश मैनालीका अनुसार ३८ वर्षीय भीममान प्रधान र उनकी श्रीमती ३५ वर्षीया मन्दिरा प्रधानको अवस्था सुधार आएको हो र ६२ वर्षीया इन्दिरामायाको अवस्था पनि केही सुधारो हुदै गएको छ । यद्यपी ११ वर्षीया सुप्रियाको अवस्था भने झन जटिल बन्दै गएको एसपी मैनालीको भनाइ छ ।
उनीहरू पाँच जनालाई अचेत अवस्थामा प्रहरीले फेला पारेको थियो । अचेत भेटिएकामध्ये ३३ वर्षीय सुर्वणमान प्रधानको घटनास्थलमै मृत्यु भइसकेको थियो भने अन्य चार जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको छ ।
















गैरीगाउँको सुकुमबासी बस्ती खाली गरियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
आज विश्व औलो दिवसः नेपालमा आयातित औलोका बिरामी बढी
दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने
कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया