राष्ट्रिय टोलीको प्रारम्भिक प्रशिक्षणका लागि २५ खेलाडी

काठमाडौं,
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताईरीले थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
नेपालले थाइल्यान्डसँग १० चैतमा एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण र १३ चैतमा स्थानीय टोली चोनबुरी एफसीसँग खेल्ने तालिका छ । दुबै खेल थाइल्यान्डको चोनबुरीमा हुनेछ ।
नेपालले एएफसी एसियन कप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
यसअघि नेपालले घरेलु मैदानमा मोरिससविरुद्ध दुई अन्तर्राष्ट्रिय खेल खेलेको थियो । जसको दुबै खेलमा नेपालले पहिलो आधिकारिक अफ्रिकी पाहुना टोलीविरुद्ध १–० को जित निकालेको थियो ।
एएफसी एसियन कप छनोटको ‘ड्र’ सार्वजनिक भइसकेको छ । छनोटको समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् ।
नेपाली टोली
किरण चेम्जोङ (कप्तान), टिकेन्द्र थापा, दिप कार्की, आशिष लामा, आयुश घलान, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक बिष्ट, प्रशान्त अवस्थी, नविन गुरुङ, दर्शन गुरुङ, नितीन थापा, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरजजिउ ठकुरी, तेज तामाङ, सुबास गुरुङ, रोहित चन्द र जगजित श्रेष्ठ









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया