पल शाह प्रकरण : युट्युबर निशान र हरि उदासी पक्राउ

काठमाडौं । युट्युब मार्फत मार्फत अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचारसम्प्रेषण गर्ने २ जना पक्राउ परेका छन् ।
पल शाह प्रकरणमा अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यकासाथ पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी अभिव्यक्ति दिने आफुलाई अभियान्ता बताउने हरि उदासी उर्फ हरि उदासी र विशाल नेपाल युट्युब च्यानलका सञ्चालक निशान चिलवाललाई पक्राउ गरेको हो ।
साईबर ब्यूरोका अनुसार उदासीले नेपाल मिडिया नामक युट्युब च्यानल मार्फत भ्रामक समाचार सम्प्रेषण तथा अनर्गल वक्तव्य बाजी गरेका थिए भने विशाल नेपाल नामक युट्युब च्यानलका सञ्चालन चिलवालले भ्रमित पर्ने समाचार सम्प्रेषण गरेका थिए ।

पक्राउ परेका उनिहरुलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकोले सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०७८–११–२५ गतेको पक्राउ अनुमति आदेशले पक्राउ गरी सम्मानित अदालतबाट दुबै जनाको ७÷७ दिन म्याद थप भई अनुसन्धान भैरहेको ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिए ।
















गैरीगाउँको सुकुमबासी बस्ती खाली गरियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
आज विश्व औलो दिवसः नेपालमा आयातित औलोका बिरामी बढी
दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने
कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया