थप २२४ जनामा कोरोना संक्रमण, २५१ जना संक्रमणमुक्त
मेरोन्यूज
२०७८ फागुन २५ गते १८:०८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरीका विभिन्न प्रयोगशालामा ६ हजार ९३६ पीसीआर परीक्षण गर्दा ६८ जना र ३ हजार १५६ एन्टिजेन विधिबाट परीक्षण गर्दा १५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा देशभरबाट २५१ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार अहिले पनि नेपालमा ५ हजार ६९२ जना कोरोनाका सक्रिय संक्रमित छन् । तीमध्ये ३९ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा भने कोरोना संक्रमित कसैको पनि मृत्यु नभएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिक्रिया