विद्यार्थी मृत्यु प्रकरण : लमजुङको सिउँडीबारको निषेधाज्ञा हट्यो

लमजुङ । विधार्थी मृत्यु प्रक्रणले उग्र रुप लिएपछि लमजुङको सिउँडीबार क्षेत्रमा बुधबार बिहान ६ बजेदेखि लगाइएको निषेधाज्ञा १५ घण्टापछि हटेको छ । पीडित पक्षले प्रहरीमा लिखित जाहेरी दिने र प्रहरीले कानुनी उपचार खोज्ने सहमति भएपछि राति गएराती ९ बजेदेखि निषेधाज्ञा हटेको हो ।
लमजुङ क्षेत्रमा निषेधाज्ञा जारी भएपछि पीडित पक्षले बाइसजाँगरमा टायर बालेर प्रदर्शन गर्दै दिनभर सडक अवरुद्ध पारेका थिए । तनहुँको भानु नगरपालिका ९, बाइसजाँगर घर भइ लमजुङको सुन्दरबजार नगरपालिका ९, सिउँडीबारस्थित फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्ययनरत १८ वर्षीय सनिज श्रेष्ठको मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा ज्यान गएपछि तनाव सिर्जना भएको थियो ।
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार सहमतिअनुसार घटनाको सूक्ष्म तरिकाले गम्भीर अनुसन्धान हुने, शव पोस्टमार्टम गर्ने, प्रहरीमा पीडितले लिखित जाहेरी दिनेछन् । यसअघि नियन्त्रमा लिइएका फ्युचर स्टार आवासीय माविका वार्डेन सरोज ओलिया र एक जना विद्याथीलाई प्रहरी नियन्त्रणमै राख्ने र संचालक बाबुराम पौडेललाई निगरानीमा राख्ने प्रहरीले जनाएको छ ।
















गैरीगाउँको सुकुमबासी बस्ती खाली गरियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
आज विश्व औलो दिवसः नेपालमा आयातित औलोका बिरामी बढी
दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने
कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप
प्रतिक्रिया