संखुवासभामा बस दुर्घटना, १० जनाको मृत्यु
मेरोन्यूज
२०७८ फागुन २६ गते ९:२९

काठमाडौं । संखुवासभामा बस दुर्घटना भएको छ ।
दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार संखुवासभाबाट दमकतर्फ जाँदै गरेको बस मादी नगरपालिका ६ सातघुम्ती भन्ने सडकबाट करिब साढे ३ सय मिटर तल खसेको हो ।
घटनास्थलमा उद्धारकार्य जारी रहेकोले थप विवरण आउन बाकीँ रहेको डिएसपी सुवेदीले जानकारी दिए ।
सम्बन्धित
















बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
प्रतिक्रिया