आइतबार, माघ ४, २०८२

संखुवासभामा बस दुर्घटना, १० जनाको मृत्यु

मेरोन्यूज २०७८ फागुन २६ गते ९:२९

काठमाडौं । संखुवासभामा बस दुर्घटना भएको छ ।

दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार संखुवासभाबाट दमकतर्फ जाँदै गरेको बस मादी नगरपालिका ६ सातघुम्ती भन्ने सडकबाट करिब साढे ३ सय मिटर तल खसेको हो ।

घटनास्थलमा उद्धारकार्य जारी रहेकोले थप विवरण आउन बाकीँ रहेको डिएसपी सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया