आइतबार, माघ ४, २०८२

अपडेट

संखुवासभा दुर्घटना : १४ जनाको मृत्यु,घाइतेकाे हेलिकप्टरबाट उद्धार

मेरोन्यूज २०७८ फागुन २६ गते १०:४३

काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । १४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) लालध्वज सुवेदीले पुष्टि गरेका हुन् ।

दुर्घटनामा परेर ५ जना घाइते भएका छन् । घाइते भएका हरुको उद्धारका लागि गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा घटनास्थल तर्फ हेलिकप्टर पठाईएको छ ।

मृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टर प्रयोग गरेर यथाशिघ्र उद्धार गर्न निर्देशन दिएको हो ।

‘मन्त्रीन्यूबाट घाइतेहरूको हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन भएको छ । हामीले नेपाली सेनासँग सम्पर्क गरेर हेलिकोप्टर उद्धारका लागि संखुवासभाको चैनपुरमा पठाउने तयारी गरिरहेका छौँ,’ गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार घाइतेलाई घटनास्थलबाट अहिले चैनपुर पु¥याइँदैछ । चैनपुरबाट हेलिकोप्टरमा धरान पु¥याउने तयारी भइरहेको प्रजिअ खतिवडाले जानकारी दिए ।

संखुवासभाको मादीबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया