संखुवासभा दुर्घटनामा थप एक जनाको मृत्यु, मृतकको संख्या १५ पुग्यो

काठमाडौँ । संखुवासभाको मादी नगरपालिका ६ मा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । योसँगै घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
मृत्यु हुनेमा मादी नगरपालिका ५ की ३० वर्षकी युका पोखरेल रहेकी छन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यसअघि घटना स्थलमा १४ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मादी नगरपालिका ६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३० वर्षीया सीता विक, ५ वर्षीया दीक्षा कटवाल, ३२ वर्षीया अञ्जना कटवाल, मादी नगरपालिका ५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा, ५५ वर्षीय भवानी दाहाल रहेका थिए ।
यस्तै, मादी नगरपालिका ४ का अन्दाजी ३५ वर्षीय उमेश भट्टराई, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीय सविता राउत कार्की, ६० वर्षीय बलबहादुर कार्की, तेह्रथुम औशीडाँडाका ३५ वर्षीय विपिन निरौला, ताप्लेजुङकी ३१ वर्षीय समीक्षा योन्जन र ताप्लेजुङकै ८ वर्षीय सुदीप घिसिङ रहेका छन् ।
दुर्घटनामा घाइते मादी नगरपालिका ५ बस्ने ३० वर्षीय सुवास गोले, मादी ६ की २२ वर्षीय तुलसा कटुवाल, अम्बिका विक, ५० वर्षीय डम्बरबहादुर कार्कीको धरानमा उपचार भइरहेको छ ।
आज बिहान मादीको ओखरबोटेबाट झापाको दमकतर्फ आउँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको थियो । बस सडकदेखि तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।













ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
यी हुन् कर्णालीमा एमालेका उम्मेदवार
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया