नेपाल आउने व्यक्तिले कोरोनाविरुद्धको पूर्ण खोप लगाउनु पर्ने

काठमाडौँ । सरकारले हवाई तथा स्थल मार्गमार्फत नेपाल प्रवेश गरेका नागरिकले कोरोना भाइरस (कोभिड–१९) रोकथाममा ध्यान दिन आग्रह गरेको छ । सरकारले नेपाल प्रवेश गर्ने नागरिकले कोभिडविरुद्धको पूर्ण खोप लगाएको वा ७२ घण्टाअगाडिको पिसिआर रिर्पोट देखाउनु पर्ने जनाएको छ ।
‘हवाई मार्ग वा स्थल मार्ग भई विदेशबाट नेपाल प्रवेश गर्ने यात्रीले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र पेस गर्नु पर्ने छ, त्यस्तो प्रमाणपत्र पेस गर्न नसक्ने यात्रुले यात्रा सुरु गर्नु ७२ घण्टाभित्रको कोभिङ १९ परीक्षणको नेगेटिभ रिपोर्ट भएको प्रमाण पत्र पेस गर्नु पर्ने छ,’ अध्यागमन विभागका निर्देशक मुकेश कुमार केशरीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।
यस्तै, नेपालबाट जाने यात्रुले पेश गर्नु पर्ने स्वास्थ्यसम्बन्धी कागजात गन्तव्य मुलुकको स्वास्थ्य सम्बन्धी मापदण्डअनुसार हुने गरी लिएर जानसमेत आग्रह गरेको छ ।
















लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया