तातोपानी गाउँपालिकाले चलायो आफ्नै एम्बुलेन्स

जुम्ला । तातोपानी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले एक महिना अघिदेखि आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।
ग्रामीण भेगबाट बिरामीलाई स्वास्थ्य संस्था तथा सदरमुकामका अस्पतालसम्म ल्याउन सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ ।
एम्बुलेन्स सेवा सञ्चालनको एक महिनामा २० जनाभन्दा बढीले सेवा लिएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापाले बताए ।
उनले भने, ‘पालिकाको सबैभन्दा दुर्गम ७ र ८ नम्बर वडाको भेरीखेला क्षेत्र हो । एम्बुलेन्स सेवाले त्यस क्षेत्रका नागरिकलाई बढी राहत पुगेको छ । सडक पहुँच भए पनि निजी गाडीले बिरामी बोक्दा महंगो खर्च तिर्न बाध्य थिए ।
कति पैसा नै नपाएर उपचारबाट बन्चित हुन्थे । तर, पालिकाले आफ्नै एम्बुलेन्स सेवा सुरु गरेपछि भेरीखोला क्षेत्रसँगै तातोपानीबासीलाई राहत भएको छ ।’
पालिकाका ८ वटै वडाका नागरिकलाई एम्बुलेन्स सेवा प्रयोग गरेबावत आठ सय रुपैयाँ लिने गरेको प्रमुख प्रशासकिय अधिकृत बुड्थापाले बताए ।
विपन्न नागरिक, गर्भवती महिला, अपांग व्यक्ति, जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने पालिकाको लक्ष्य रहेको छ । तर, कस्ता व्यक्तिलाई पूर्ण छुट दिने ?, कस्तालाई आंशिक छुट दिने भन्नेबारे कार्यविधि बन्न बाँकी छ ।
कार्यविधि बनेर पारित भएपश्चात विपन्न नागरिक, गर्भवती, अपांग व्यक्ति, जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा पाउने पालिकाले जनाएको छ ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
प्रतिक्रिया