तातोपानी गाउँपालिकाले चलायो आफ्नै एम्बुलेन्स

जुम्ला । तातोपानी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले एक महिना अघिदेखि आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।
ग्रामीण भेगबाट बिरामीलाई स्वास्थ्य संस्था तथा सदरमुकामका अस्पतालसम्म ल्याउन सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ ।
एम्बुलेन्स सेवा सञ्चालनको एक महिनामा २० जनाभन्दा बढीले सेवा लिएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापाले बताए ।
उनले भने, ‘पालिकाको सबैभन्दा दुर्गम ७ र ८ नम्बर वडाको भेरीखेला क्षेत्र हो । एम्बुलेन्स सेवाले त्यस क्षेत्रका नागरिकलाई बढी राहत पुगेको छ । सडक पहुँच भए पनि निजी गाडीले बिरामी बोक्दा महंगो खर्च तिर्न बाध्य थिए ।
कति पैसा नै नपाएर उपचारबाट बन्चित हुन्थे । तर, पालिकाले आफ्नै एम्बुलेन्स सेवा सुरु गरेपछि भेरीखोला क्षेत्रसँगै तातोपानीबासीलाई राहत भएको छ ।’
पालिकाका ८ वटै वडाका नागरिकलाई एम्बुलेन्स सेवा प्रयोग गरेबावत आठ सय रुपैयाँ लिने गरेको प्रमुख प्रशासकिय अधिकृत बुड्थापाले बताए ।
विपन्न नागरिक, गर्भवती महिला, अपांग व्यक्ति, जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने पालिकाको लक्ष्य रहेको छ । तर, कस्ता व्यक्तिलाई पूर्ण छुट दिने ?, कस्तालाई आंशिक छुट दिने भन्नेबारे कार्यविधि बन्न बाँकी छ ।
कार्यविधि बनेर पारित भएपश्चात विपन्न नागरिक, गर्भवती, अपांग व्यक्ति, जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा पाउने पालिकाले जनाएको छ ।
















भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
होर्मुजमा जहाज आवागमन सहज बनाउन अमेरिकाले प्रोजेक्ट फ्रीडम’ सुरु गर्दै
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया