करिब ६ किलो गाँजासहित युवा पक्राउ
मेरोन्यूज
२०७८ फागुन २९ गते ९:५०
महोत्तरी । जिल्लाको गौशाला नगरपालिकामा बिक्री वितरण गर्ने उद्देश्यले सञ्चय गरी राखेको करिब ६ किलो लागु औषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौशाला ५ बस्ने ३५ वर्षीय हरेन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
हरेन्द्र साहले गाँजा बिक्री वितरणको कारोबार गर्दै आएको गोप्य सूचनाका आधारमा शनिबार साँझ इलाका प्रहरी कार्यालय गौशाला पुगेको थियो । प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा प्लाष्टिकमा बेरेर जेब्रा झोलामा लुकाएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको हो ।
गाँजा बरामद भएसँगै कारोबारी हरेन्द्रलाई पनि प्रहरीले घरबाटै पक्राउ गरेको छ । प्रहरीले थप कारबाहीको तयारी भइरहेको जनाइएको छ ।
सम्बन्धित















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया