शुक्रबार, चैत १३, २०८२

एमसीसी फेल भए राजीनामा दिन्छु : प्रचण्ड

मेरोन्यूज २०७८ फागुन २९ गते १०:५०

काठमाडौँ । नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तर्कबिना नेकपा एमालले प्रतिनिधिसभा चल्न नदिएको बताएका छन् । प्रदेश १ मा जारी भेलालाई सम्बोधन गर्दै उनले कुनै तर्कबिना केपी ओली नेतृत्वको एमालेले सदन चल्न नदिएको बताए ।

Advertisement
nepal life insurencenepal life insurence

‘सदन अवरुद्ध जसरी भएको छ, यसलाई समाधान गर्न हामीले पछिल्लोपटक प्रतिपक्षीलाई संसद खोलेर आफ्नो माग राख्न आग्रह गर्ने छौँ,’ अध्यक्ष प्रचण्ड ओलीले भने, ‘भएन भने के गर्ने भन्ने दुई वटा विकल्प छ , एउटा अवरोधका बीच विधेयकहरू पास गर्दै जाने, अर्को संसद बिघटन गर्ने हो, तर यो अहिले पूरा नहुन सक्छ ।’

एमसीसीको बारेमा पार्टीभित्र लामो समयदेखि बहस चल्दै आए पनि व्याख्यात्मक घोषणाबाट अनुमोदन भएको बताउँदै प्रचण्डले स्थानीय चुनावपछि छलफल गर्ने बताए । ‘एमसीसी पारित गरेको भन्दै अरू पार्टीमा गएको देखेँ, फेरि उहाँहरू गए कहाँ भन्दा एमालेमा, बरु जानु नि किरण, विप्लव, मोहन विक्रममा जस्ता पार्टीमा गएको सुहाउँथ्यो,’ उनले भने, ‘अझ संसदमा सबैभन्दा बढी प्रेम सुवाल जीले विरोध गर्नु भयो, त्यहाँ गएको भए त विरोध गरेको पनि अर्थ हुन्थ्यो ।’

यस्तै, उनले स्थानीय चुनावपछि व्याख्यात्मक घोषणासहितको एमसीसी पार्टीबाट फेल भए राजीनामा दिने बताए । पत्रकारको प्रश्न उनले भने, ‘एमसीसी फेल भए राजीनामा दिन्छु, ढुक्क हुनुहोस् ।’

भेलालाई सम्बोधन गर्दै उनले सबै पार्टीहरू चुनाव परिणाम आफ्नो पक्षमा पार्ने पक्षमा भएको बताउँदै गठबन्धनलाई पनि कायम राख्ने बताए । उनले भने, ‘गठबन्धन हुन्छ, चुनाव जितिन्छ भन्ने कुरा सही नहुन सक्छ, त्यसैले सबैले आफ्नो पक्षबाट अगाडि बढ्ने हो ।’

प्रतिक्रिया