मध्यरातमा आगलागी, लाखौंको क्षति

सप्तरी,
सप्तरीको अग्नी साइर गाउँपालिका वडा नम्बर ४ मा शनिबार मध्यराति आगलागी हुँदा २५ घर जलेर नष्ट हुनुका साथै लाखौं बराबरको क्षति भएको छ। टेंग्रीटोलका भोला मरबैताको गोठमा बालिएको घुरबाट सल्केको आगोले १० परिवारको २५ घर जलेर नष्ट भएकाे हाे ।
आगलागीबाट दिनेश यादवको चार वटा घर, श्याम यादवको एक घर, डम्बर यादवको चार घर, भोला यादवको दुई वटा घर, फुलदेव यादवको दुई घर, महेश यादवको एक घर, मनोज यादवको दुई घर, सत्यनारायण यादव र अमरेन्द्र यादवको एकसहित २५ वटा घर जलेर नष्ट भएको छ।
स्थानीय चनरी देवी यादवले छोरीको विवाहको लागि जोहो गरेको लुगाफाटो र अन्य सरसामान जलेर नष्ट भएको दुखेसो पोखिन् । खाने खाद्यान्न सामग्री, लत्ताकपडा ,रूपैयाँ पैसा जोगाउन नसकेपछि पीडितलाई दुई छाक हात मुख जोर्न समस्या भएको छ।
आगोलाई बारूणयन्त्र, स्थानीयबासी र प्रहरीले नियन्त्रणमा लिएका थिए।














राष्ट्रिय सभाको १९औँ अधिवेशन : बोहराको निधनमा प्रस्ताव पारित
राष्ट्रिय सभा सदस्यबाट नारायणकाजी, वामदेव र भगवतीले दिए राजीनामा
ग्रिनल्यान्ड मुद्दामा ट्रम्पको कदम : ८ युरोपेली देशमा अमेरिकी भन्सार लागू हुने संकेत
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया