आइतबार, माघ ४, २०८२

मकवानपुरबाट १ सय ८० किलो गाँजासहित ३ जना पक्राउ

मेरोन्यूज २०७८ फागुन २९ गते १८:४२

काठमाडौं । प्रहरीले मकवानपुरबाट गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

हेटौंडा उपमहानगरपालिका-१६ बस्ने २९ वर्षीय चालक बुद्धिमान वाइबालगायत तीन जनालाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरीले उनीहरूलाई आइतबार मनहरी गाउँपालिका-७ मनहरी खोलाको बगरबाट १ सय ८० किलो गाँजासहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको बा ७ च १६०६ नम्बरको पिकअपमा लुकाएर गाँजा ल्याइरहेको भन्ने सूचना पाएको थयो।

सोही सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया