नेपाल बैंकका कर्मचारी र ग्राहकलाई पोखराको चरक अस्पतालमा छुट
मेरोन्यूज
२०७८ फागुन २९ गते १८:४८

काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरुलाई पोखरास्थित चरक मेमोरियल हस्पिटलमा उपचार शुल्कमा बिशेष छुट हुने भएकोछ ।
नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।
साथै नेपाल बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग र क्युआर कोर्ड मार्फत भुक्तानी गर्ने ग्राहकलाई अस्पतालको विविध सेवाहरुमा १० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
गण्डकी प्रदेशको पोखरामा भएको उक्त सम्झौतापत्रमा चरक मेमोरियल हस्पिटलका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मी र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका थिए ।
सम्बन्धित
















लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया