यी महिला जो खेलौना विमानसँगको प्रेममा पागल छिन्

बुढापेस्ट । हंगेरीकी एक महिला एउटा खेलौना विमानसँग प्रेममा पागल बनेकी छिन् । २८ वर्षीया सान्ड्रा आफूले खेलौना विमानसँग पहिलो पटक वास्तविक प्रेम पाएको दाबी गर्छिन् । सो विमान सान्ड्राकै शब्दमा उनीसँग भएको सबैभन्दा असल पार्टनर हो । असल प्रेमीकाको नाताले उनले विमानलाई के पो गर्दिनन् ? चुम्बन गर्छिन । हरेक दिन शुभ रात्री र शुभ बिहानीको कामना गर्छिन् ।
बुढापेस्टकी यी युवतीको विमानसँगको चक्कर जनवरीदेखि चलेको हो । त्यसलाई उनले लुफान्स भनेर बोलाउन रुचाउँछिन् । उनले त्यसलाई ६०० पाउन्डमा अनलाईनमा किनेकी हुन् ।
‘योसँग किन माया बस्यो मलाई नै पत्तो छैन् । यसलाई केबल म माया गर्छु,’ उनी भन्छिन्, ‘उ सुन्दर छ । उ मेरो आत्मीय साथी हो । बिहान उठ्ने बित्तिकै म उसलाई हेर्छु । सुत्नुअघि मैले दर्शन गर्ने अन्तिम पनि यही हो ।’ मिररमा प्रकाशित एउटा रिपोर्टअनुसार सान्ड्रा पहिलो पटक तीन वर्षको उमेरमा प्लेन देखेकी थिइन् । किशोरावस्थामा विमानमा काम गर्ने सपना देखेकी थिइन ।
उनले सन् २०२१ मा उड्यन क्षेत्रमा काम गर्ने अवसर पाइन । तर, गत वर्ष काम छोडेपछि खेलौना विमानसँगको सम्बन्धमा जोडिइन ।
आफू वास्तवमै विमानसँग प्रेममा परेको उनले दाबी गरेकी छिन् । लुफान्स उनीसँग भएको अहिलेसम्मकै सबैभन्दा उपर्युक्त पार्टनर हो । ‘मैले पहिले कुनै पार्टनरसँग यस्तो निकट महसुस गरेको थिइँन । जीवनमा पहिलो पटक म प्रेममा छु । औसत व्यक्तिभन्दा बढी मैले सधै विमानहरू मन पराएकी छु । ’
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया