जन्ती बोकेको टिपर दुर्घटना, २ जनाको मृत्यु, २४ घाइते

उदयपुर । मदन भण्डारी लोकमार्गमा बिवाहको जन्ती सवार टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना जन्ती घाइते भएका छन् ।
दुर्घटनामा उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ का १९ वर्षीय दीपेन्द्र कुमाल र २४ वर्षीय अजय दनुवारको मृत्यु भएको हो ।
जन्ती बोकेको टिपर सिन्धुलीको दुधौली नगरपालिका– ५ सिथौली र खनिया खण्डको तेश्रो पुलमा पल्टिदा उनीहरुको मृत्यु भएको हो । अन्य २४ जना जन्ती घाइते भएका छन् ।
मृत्यु हुने तथा घाइते सबै उदयपुरको कटारी नगरपालिकाको रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
जन्ती बोकेको ना.३ ख ७४९० नम्बरको टिपर दुर्घटना भएको हो । घाइते भएका मध्ये अधिकांसको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुधौलीका ट्राफिक प्रहरी कार्यालयका अनुसार टिपरमा सवार अधिकांश कटारी नगरपालिका वडा नम्बर २ का स्थानीयवासी रहेको बताए । उनीहरुलाई उपचारका लागि कटारी अस्पतालमा उपचार भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रबक्ता प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले छिमेकी जिल्ला सिन्धुलीको बाणेगाउँबाट बेहुला बेहुली लिएर कटारीतर्फ आउँदै गरेको टिपर दुर्घटनामा परेको बताए । घटनामा टिपरभित्र सवार अन्य २४ जना जन्ती घाइते भएका छन । उनीहरु मध्ये ४ जनाको अवस्था गम्भीर छ ।
चारै जनालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । अन्यको बिराटनगर, कटारी र जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ ।
जन्तीलाई टिपरमा पठाएर बेहुला बेहुली भने अर्कै गाडीमा आएका थिए । टिपर चालक हाल प्रहरीको नियन्त्रणमा छन् ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया