स्वास्थ्य मन्त्री खतिवडा र कांग्रेस प्रदेश सभापतिको आडमा माफिया कार्कीको आतंक

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता एवं सभापति ईन्द्र बानियाँले एक मेडिकल माफियाको सिफारिसमा स्वास्थ्य सेवाअन्तर्गतका कर्मचारीको सरुवा गर्ने, गुणस्तरहिन स्वास्थ्य सामाग्री र औषधिको खरिद गर्न निर्देशन दिने गरेको खुलेको छ ।
स्रोतका अनुसार मेडिकल सामाग्री र औषधिको सप्लायर्सको काम गरिरहेका नारायण कार्कीको सिफारिसमा मन्त्री खतिवडा र नेता बानियाँले अवधि नपुगेका कर्मचारीको सरुवा र गुणस्तरहिन औषधि खरिदमा दबाब दिने गरेको खुलेको हो ।
मन्त्री खतिवडा र नेता बानियाँले मातहतका कार्यालयलाई ‘नारायण कार्कीले भने अनुरुपको काम गर्नु’, भनेर सीधै निर्देशन दिने गरेका छन् । ‘मन्त्री ज्यूबाट सीधै नारायण कार्कीले भने अनुरुप गर्नू भन्ने निर्देशन आउँछ, कार्कीले ल्याउने काम कुनै कानुन अनुरुपका हुँदैनन्,’ स्वास्थ्य मन्त्रालयका एक सहसचिवले भने, ‘एकपटक कानुनअनुरुप भएन भन्यो भने फेरि मन्त्री ज्यूकोमा पुगेर टेलिफोन गराइहाल्छन्, गरिदिनु परिहाल्छ, ज्यादै समस्या भइरहेको छ ।’
कार्कीले केन्द्रमा मन्त्री खतिवडाको आडमा स्वास्थ्य मन्त्रालय र संघअन्तर्गतका कार्यालयमा कर्मचारीको सरुवा गरी आफू अनुकूलको स्थानमा पुर्याउने, गुणस्तरहिन स्वास्थ्य सामाग्री र औषधि खरिद गर्न लगाउने, आफ्नो काम नगरे सरुवा गरिदिने धम्की दिने गर्ने गरेका छन् । गुणस्तरहिन स्वास्थ्य सामाग्री र औषधि बेचेर नागरिकको स्वास्थ्यमा खेलवाड गर्ने र आफूले मोटो कमिसन लिने उनको काम बन्दै आएको छ ।
त्यसमा मन्त्री खतिवडाले साथ दिइरहेका मन्त्रालयका कर्मचारी बताउँछन् । ‘धेरै कमिसन आउने तर गुणस्तरहिन औषधि र स्वास्थ्य सामाग्री किन्न दबाब एकपटक होइन, पटक पटक आउँछ, मानेनौँ भने मन्त्री ज्यूबाट नारायण कार्कीले भनेको नमानेको हो, उहाँले भनेअनुरुप गर्नु भन्ने निर्देशनसहितको टेलिफोन आउँछ, पछि गुणस्तरहिन औषधि खरिद गरेको भनेर दोष हामीमाथि आउँछ तनाव छ,’ संघअन्तर्गतको एक अस्पतालका प्रशासकले भने ।
बागमती प्रदेशमा कांग्रेस नेता बानियाँसँग हिमचिम रहेका कार्कीले प्रदेशअन्तर्गतका अस्पताल जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्य संस्थामा पनि त्यस्तै कानुन अनुरुपका वितण्डा मच्चाइरहेका छन् । बागमती प्रदेश सरकारमा कांग्रेसका निमा लामा स्वास्थ्यमन्त्री छन् ।
बानियाँबाट मन्त्री लामालाई निर्देशन दिन लगाएर कार्कीले मनामौजी गर्दै आएका छन् । बागमती प्रदेशका एक कर्मचारी भन्छन्, ‘हामीले त मन्त्री लामाको भन्दै बढी मेडिकल सप्लायर्स नारायण कार्कीको निर्देशन मान्नु पर्छ, मानिएन भने मन्त्रीको होइन, कांग्रेस संसदीय दलका नेताको टेलिफोन निर्देशन आइहाल्छ ।’
कार्कीले आफू निकटका कर्मचारीलाई आफ्नो स्वार्थ परिपूर्ति हुने स्थानमा पुर्याउने, गुणस्तरभन्दा धेरै कमिसन कुन औषधि र सामाग्रीमा आउँछ, त्यही खरिद गर्न लगाउने गरिरहेका छन् ।
कार्कीको यो धन्दा केन्द्रमा मात्रै होइन सबै प्रदेशमा चलिरहेको छ । स्वास्थ्य सचिव डा. रोसन पोखरेलसमेत उनका अगाडि मुखदर्शक बनेर बसिरहेका छन् । उनले जे भन्यो त्यही स्वास्थ्य सचिवले मान्ने गरेपछि आफूलाई समस्या परिरहेको कर्मचारीहरु बताउँछन् । यतिसम्म कि उनले कुनै पनि प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिवले आफूले भनेको काम मानेनन् भने सरुवा गराउँछन् ।
सरुवा गराउन नसके धम्की दिएर आउने स्वास्थ्यका कर्मचारीहरु बताउँछन् । कार्की आफै कर्मचारीको सरुवा गरेको चिठी कर्मचारीको हातमा पुग्ने गरेको छ ।


















आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया