एआईजी बढुवा अवरुद्ध
जुनियर सिफारिस भए सिनियर अदालत जाने

काठमाडौँ । दरबन्दी थप भएको तीन सातासम्म नेपाल प्रहरीमा एआइजी बढुवा सिफारिस भएको छैन । प्रहरीमा देखिएको आन्तरिक राजनीतिक खिचातानीले दरबन्दी थप भएको तीन सातासम्म एआइजी बढुवा सिफारिस नभएको हो ।
आइजीपी शैलेश थापा क्षेत्रीको व्याच र भावी आइजीपीको दाबी गरिरहेका विश्वराज पोखरेलको व्याचीबीच शक्ति केन्द्रको दौडधुपले केही समय रोकिएको गृहमन्त्रालयले जनाएको छ । ‘उहाँहरु धेरै नै शक्ति केन्द्र धाउनु हुन्छ, डिआइजीबाट सिफरिस गर्न नै दिनुहुन्न, बरु दरबन्दी नै खाली राख्न चाहनुहुन्छ’, मन्त्रालय स्रोतले भन्यो ।
सरकारले प्रहरीमा तीन एआइजीको दरबन्दी थप गरेको तीन साता पूरा भयो । कुनै बेला दरबन्दी थप भएकै राति डिआइजीलाई एआइजीमा सिफरिस गर्ने प्रहरी प्रधान कार्यालय यतिबेला मौन बसेको छ ।
विश्वराज पोखरेल र सहकुल थापालाई एआइजी बनाउने बेलामा रातारात दरबन्दी थप गरी एआइजी सिफरिस गरिएको थियो । अहिले भने थपिएको दरबन्दीमा किन सिफरिस भैरहेको छैन भन्नेबारेमा प्रहरी प्रधान कार्यालयका अधिकारी केही बोल्न चाहदैनन् ।
गृह मन्त्रालयले पनि यो विषयमा ध्यान नदिएको जस्तो गरी बसेको छ । प्रहरी महानिरीक्षक क्षेत्रीले गृहमन्त्रीलाई बढुवा प्रकृया अघि बढाउन आग्रह गरेको भए पनि मन्त्री आफै चुप लागेर बसेका छन् ।
‘थपिएको दरबन्दीमा प्रहरी अधिकारीको सिफारिस रोकिएको धेरै यो विषयमा कसैले केही बोल्न सकेका छैन’, प्रहरी प्रधानकार्याल स्रोतले भन्यो ‘बढुवा हुन चाहनेहरु अत्याधिक चलखेल गर्न थालेका छन् जसले गर्दा नेपाल प्रहरीको बढुवा फेरि पनि अवरुद्ध हुन पुगेको छ ।’
प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार सिफारिस हुने अपेक्षा गरिएको भए पनि प्रहरी महानीरिक्षकसँग अहिलेसम्म छलफल नभएको स्रोतले भन्यो ।
‘प्रहरीमा थपिएको तीन पदमध्ये आइजीपी शैलेश थापाका व्याची बढुवा हुने कि आइजीपीको दाबी गरिरहेका पोखरेलका व्याचीहरु बढुवा हुने भन्ने लडाईले यतिबेला एआइजीको बढुवा रोकिएको हो’, स्रोतले भन्यो, ‘अरुमा समस्या छैन, सबै डिआइजीका शक्ति केन्द्र बलियो देखियो ।’
आइजीपी शैलेश थापाका व्याचीहरु घनश्याम अर्याल, बसन्त पन्त, ईश्वरबाबु कार्की, प्रकाश कार्कीलगायतले आफूहरु एआइजी हुनु पर्ने भन्दै अडान राखेको र उता उनीहरूभन्दा अघि नौ महिनापछिको व्याचबाट पोखरेल र थापा एआइजी भइसकेकाले धिरजप्रताप सिंह, रविन्द्र धानुक, उत्तम सुवेदी, अरुण बिसी, दिवेश लोहनीले पनि आफूहरु एआइजी हुनुपर्ने भन्दै अवरोध खडा गरिरहेका छन् ।
जसका कारण यतिबेला तीन एआइजीको पद नेपाल प्रहरीमा अस्वस्थ प्रतिस्पर्धा निम्त्याउने एउटा कारण बनिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हाल तीन पदमा १८ डिआइजी प्रतिस्पर्धामा गर्नेछन् । उनीहरु सबै एआइजी नहुने भएपनि आफूहरुलाई एआइजीकै प्रतिस्पर्धी मान्ने गरेका छन् ।
केही दिनअघि नै भागबण्डामा एआइजी बनाउने भन्दै माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा राखेका थिए । तर, देउवाले अहिले एआइजी नबनाउने भनेर फर्काएको स्रोतको दाबी छ । तर, प्रधानमन्त्री र गृहमन्त्रीले गठबन्धनभन्दा एकल रुपमा बढुवा प्रकृया अघि बढाउन खोजेका छन् । उनले बसन्त पन्त, घनश्याम अर्याल, इश्वरबाबु कार्कीमध्ये एक र पछिल्लो व्याचबाट धिरजप्रताप सिंह, उत्तम सुवेदी, रविन्द्र धानुक, अरुण बिसी, दिवेश लोहनीमध्ये दुई जनालाई बनाउन गृहकार्य थालिसकेका छन् ।
एक साताअघि प्रहरी प्रधान कार्यालयले पछिल्लो ब्याचबाट मात्रै बढुवा सिफारिसको तयारी गरेको थियो । तर, पुरानो ब्याचले अदालतमा मुद्दा हालिदिने र विगतमा यादव अधिकारी, पर्शुराम खत्रीको नजिर रहेकाले जसरी पनि एआइजी हुनुपर्ने अडान राखेका थिए ।
‘भएको तीन पदमा पुरानो ब्याचलाई एआइजी बनाउँदा राम्रो हुन्छ, नत्र अदालत जान्छौँ’, एक डिआइजीले भने । उनका अनुसार विगतमा पनि सिनियर डिआइजीलाई एआइजी नबनाउँदा अदालतले उल्टाएको थियो । तत्कालिन डिआइजी यादव अधिकारी, पर्शुराम खत्रीहरुले एआइजीको फुली लगाएर छाडेका थिए ।
अहिले पनि त्यही अवस्था सिर्जना गर्ने उनीहरुको तयारी छ । तर, अहिले निर्वाचनको समय आएकाले प्रहरीमा अघिल्लोभन्दा पछिल्लो ब्याचलाई प्राथमिकता दिनु पर्ने भन्दै चलखेल भएको छ । अघिल्लो ब्याच यही वैशाख १७ गते अनिवार्य अवकाशमा जाँदै छ ।














माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया