बयान सकेर पल शाहलाई फेरि ल्याइयो दमौली
मेरोन्यूज
२०७८ चैत १ गते १७:०४

काठमाडौं । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई फेरि तनहुँको दमौली ल्याइएको छ ।
जिल्ला प्रहरीले कार्यालय गैंडाकोटमा उनको बयान लिएपछि मंगलबार दमौली पठाइएको डिएसपी दिलीप गिरीले जानकारी दिए । पीडित गायिकाका आफन्तले सुरूमा दमौली र पछि नवलपुरमा पनि शाहविरूद्ध जाहेरी दिएका थिए ।
तनुहँ प्रहरीले शाहलाई चैत ४ गते सम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँबाट अनुमति लिएको छ। पक्राउ परेका शाह विरुद्ध एक गायिकाले जबरजस्तीकरणीको जिल्ला प्रहरी कार्यालय दमौलीमा मुद्धा दर्ता गरेकी थिईन् । फागुन १५ मा तनहुँ प्रहरीसमक्ष आत्मसमर्पण गरेका शाहलाई केही दिनअघि गैंडाकोट पुर्याइएको थियो ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
आज आइतबार कस्तो रहला तपाईँको भाग्य ? हेर्नुहोस् राशिफल
अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया