नेपाल प्रहरीका तीनजना डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । लामो रस्साकस्सीपछि गृहमन्त्रालयले नेपाल प्रहरीका तीनजना डीआईजीहरुलाई एआईजीमा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डीआईजीहरु रविन्द्र धानुक,वसन्तकुमार पन्त र धिरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।
सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले एआईजी बढुवा गर्नेछ । यसअघि सरकारले नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थपेको थियो । हाल नेपाल प्रहरीमा जनपदतर्फ पाँच एआईजी छन् । तीनजना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ । अघिल्लो व्याचबाट वसन्त पन्त र पछिल्लो व्याचबाट धिरज प्रताप सिंह तथा रविन्द्र धानुकलाई एआइजीमा सिफारिस गरेको हो । पन्त भने आगामी वैशाख १९ गते अवकाशमा जानेछन् ।
आईजीपी क्षेत्रीले ०७९ वैशाख १९ गते अनिवार्य अवकाश पाउँदै छन् । उनीसँगै उनकै ब्याची एआईजीहरू हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीसँगै अन्य डीआईजीहरुले पनि अवकाश पाउनेछन् । अघिल्लो व्याचबाट डिआइजीहरु इश्वरबाबु कार्की, प्रकाश कार्की, घनश्याम अर्याल लगायतका डिआइजीहरु आंकाक्षी रहेका थिए ।
सरकारले तीन एआइजीको दरवन्दी फागुन १२ गतेनै थपेको भएपनि अहिलेसम्म बढुवा सिफारिस गरिएको थिएन । सिनियर जुनियरहरुबीच लफडा हुँदा सरकारले यो विषयलाई ध्यान नदिइ बसेको थियो । तर आज मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले पन्त, सिंह र धानुकलाई बढुवाका लागि सिफारिस गरेको हो ।

















अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया