आइतबार, वैशाख १३, २०८३

बँदेल मार्नको लागि राखिएको बन्दुक पड्के डडेल्धुरामा एकको मृत्यु

मेरोन्यूज २०७८ चैत २ गते १०:२८

डडेल्धुरा । डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा ४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको हो ।

Advertisement
NiccNicc

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी देवेन्द्र पालकाअनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको हो।

उनको शव अस्पतालमा राखिएको छ। त्यस्तै, घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले अन्य ४ जनालाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

नियन्त्रणमा लिइएकाहरुको परिचय भने प्रहरीले खुलाएको छैन। जंगली जनावर बदेल मार्नको लागि राखिएको बन्दुक पड्केको डीएसपी पालले बताए ।

प्रतिक्रिया