भ्रष्टाचारको अभियोगमा वडाध्याक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर
मेरोन्यूज
२०७८ चैत २ गते २०:३०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा वडाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले विशेष अदालतमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं १४ का वडाध्यक्ष भरत प्रसाद कुर्मीसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
वडाध्यक्ष कुर्मीसहित कार्यालय सहयोगी जितेन्द्र प्रसाद कुर्मी, वडा सचिव राज कुमार सिंह, तत्कालीन वडा सचिव अनामिका रौनियार, वडा सदस्यद्वय रफिक अंसारी, संजय कुमार पटेलविरुघ मुद्दा दायर भएको हो । उनीहरूले वडा कार्यालयबाट प्रदान गरिने घरबाटो सिफारिसमा राजश्व हिनामिना गरेको पाएको हो ।
उनीहरूले एक लाख २ हजार ५८५ रुपैयाँ हिनामिना गरी भ्रष्टाचार गरेको आयोगले जनाएको छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया