होलीको रङबाट छालालाई कसरी जोगाउने ?

काठमाडौं । होली खेल्दा हामीले छालाको सुरक्षामा दिन भुल्दा विभिन्न स्वास्थ्य समस्या बढ्ने चिकित्सकहरुले बताएका छन् । छाला रोग विशेषज्ञ डा. धवेन्द्र कर्णले बजारमा पाइने रसायनयुक्त रङले छालामा नराम्रो असर गर्ने बताउँछन् ।
उनका अनुसार यस्ता रङले छाला पोल्ने, रातो हुने, एलर्जी हुने, इन्फेक्सन हुनेदेखि छाला सुक्खा र रुखो बनाइदिन्छ। आफ्नो शरीरको तथा अनुहारको छालामा कुनै समस्या छैन र रङको एलर्जी पनि छैन भने होलीमा रङ दलेर रमाइलो गर्न सकिन्छ। होली खेल्नुभन्दा अघिल्लो दिन शरीरमा जैतुन वा नरिवलको तेल लगाउनुपर्छ। हातखुट्टामा भ्यासलिन लगाए बेस हुन्छ।
उनले होलीमा सकेसम्म हर्बल रङ प्रयोग गर्न सुझाउँछन् । होली खेल्दा विशेष ध्यान पुर्याउनुपर्छ।
होली खेल्दा छालालाई कसरी जोगाउँने
-छालालाई रङको प्रभावबाट बचाउन सनस्क्रिन वा भिटामिन ‘ई’युक्त क्रिम वा म्वइस्चराइजर लगाउँने ( म्वइस्चराइजर छालालाई सुक्खा हुनबाट जोगाउँछ र छालामा लागेको रङ छिट्टै जान्छ।)
-होलीको रङबाट छालालाई जोगाउन शरीर ढाक्ने गरी पहिरन लगाउँने
-हात र नङलाई रङबाट बचाउन क्रिम वा म्वइस्चराइजर लगाउँने
-आँखामा चस्माको प्रयोग गर्ने ( आँखामा रङबाट जोगाउँछ )
होली खेलेपछि
एक वा दुई घण्टा होली खेलेर नुहाउनुपर्छ। नुहाउँदा नरम खालको साबुन प्रयोग गर्नुपर्छ। नुहाएपछि तेल वा म्वइस्चराइजर प्रयोग गर्नुपर्छ। रङ खेलेपछि छालामा कुनै असर देखिएमा तुरुन्त छालारोग विशेषज्ञसँग परामर्श गरेर उपचार गराउनुपर्छ।
फेसवासले अनुहार धुने। अनुहार सफा गरेपछि म्वइस्चराइजर लगाउने। रङको सबैभन्दा बढी प्रभाव हातमा पर्ने हुन्छ। हातबाट रङ सफा गरिसकेपछि भिटामिन ‘ई’ युक्त क्रिमले मसाज गर्ने। जसले हातलाई मुलायम, कोमल र स्वस्थ बनाउँछ।
















लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया