रूससँग वार्ता गर्न युक्रेनी राष्ट्रपतिका यस्ता छन् शर्त

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको शान्ति वार्ता गर्न छ वटा शर्त अगाडि सारेका छन् । उनले त्यसलाई युक्रेनको उच्च प्राथमिकता सूचीमा रहेका छ विषय भन्ने गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उनले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भने, “रूससँगको शान्ति वार्ताका बेला सम्बोधन हुनु पर्ने मेरा प्राथमिकता छ विषय छन् ।” उनका अनुसार रूसले युद्धको अन्त्य हुनु पर्ने कुरालाई युक्रेनले पहिलो शर्तका रूपमा राख्ने छ ।
त्यसैगरी सुरक्षाको सुनिश्चितता, स्वाधिनता, क्षेत्रीय भौगोलिक अखण्डताको पुनस्र्थापना, देशको वास्तविक सुनिश्चितता र वास्तविक रूपमै देशको संरक्षण हुनु पर्ने कुरालाई पनि उनले प्रमुख शर्तको रूपमा राख्नु भएको छ ।
रूसले यूक्रेनमा आक्रमण सुरु गरेको केही दिनपछि दुई पक्षका बीचमा वार्ता सुरु भएको थियो । पटकपटक भएको वार्ता परिणाममुखी हुन भने सकेको छैन । वार्ताको शिलशिला भने जारी नै रहेको छ ।
पछिल्लो वार्ता गत सोमबार चौथो चरणमा भएको थियो । सो वार्ता भिडियोमार्फत् भएको थियो । त्यसको दुई दिनपछि युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पुडोल्याकले रूसी राष्ट्रपतिसँग युक्रेनी राष्ट्रपतिले नै सीधै चाँडै वार्ता गर्ने सम्भावना रहेको जानकारी दिएका थिए ।
गत शुक्रबार रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसी र युक्रेनी राष्ट्रपतिबीचमा वार्ता सम्भव रहेको उल्लेख गरेका थिए । दुवै पक्षबाट राष्ट्रपति स्तरमा वार्ताको सम्भावना देखाइरहेका बेला युक्रेनी राष्ट्रपति जेलेन्स्कीले छ शर्त अगाडि सारेका हुन् ।
रूस र यूक्रेनबीचको युद्धकै विषयमा बिहीबार नै संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाइएको छ । बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे गरी छ देशको अनुरोधपछि बैठक बोलाइएको हो ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया