प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति र प्रधानमन्त्रीप्रति कृतज्ञता ज्ञापन गर्दै उनीहरूसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका राष्ट्रपति आसिफ अलि जर्दारी र प्रधानमन्त्री शेहेवाज शरिफबाट बेग्लाबेग्लै प्राप्त बधाई सन्देशका निम्ति सामाजिक सञ्जालमार्फत कृतज्ञता ज्ञापन गर्दै सहकार्यको प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्रधानमन्त्रीको कार्यालयको पोष्टमा भनिएको छ, PM@narendramodi,तपाईंको स्नेह र शुभकामनाका लागि धन्यवाद । हाम्रा दुई देशबीचको बहुपक्षीय सम्बन्धलाई आम जनताको समृद्धिका लागि अघि बढाउन म तपाईंसँग निकट रहेर सहकार्य गर्न इच्छुक छु ।”
त्यसैगरी, प्रधानमन्त्री शाहका तर्फबाट पाकिस्तानका सम्माननीय राष्ट्रपति, तपाईंको हार्दिक बधाइका शब्दको लागि धन्यवाद । म तपाईंको भावनाको प्रतिफलस्वरूप हाम्रो सम्बन्धलाई मैत्री र छिमेकीपना भावना अनुरूप अझ मजबुत बनाउने प्रतिबद्धता दोहोर्याउँछु @PresOfPakistan भनिएको छ ।
यसैगरी, Prime Minister @CMShehbaz तपाईंको हार्दिक बधाइको लागि धन्यवाद । हाम्रो द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सहकार्य अझ मजबुत बनाउने उद्देश्यले सँगै काम गर्न म तत्पर छु, प्रधानमन्त्रीले भनेका छन् ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानी संसदमा परमाणु हतियार बनाउन बाटाे खाेल्ने विधेयक दर्ता
अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
प्रतिक्रिया